युवाहरुलाई मानवअधिकार शिक्षा तालिम

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

एम्नेष्टी इन्टरनेशनल समूह ४३ बनेपाको आयोजनामा मानव अधिकार शिक्षा विषयक तीनदिने तापिलम ३० जना युवाहरुलाई प्रदान गरिएको समाचार छ । समूहका संयोजक हरिचन्द्र मानन्धरको सभापतित्व र काभ्रे जिल्ला न्यायाधीश रमेशकुमार खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल बार एशोसियसन काभ्रे बार इकाई अध्यक्ष नवराज बडाल, एआईनेपालका केन्द्रीय महासचिव रश्मिला भोछिभोया, कार्यक्रम संयोजक सिद्धिगोपाल मानन्धर, केन्द्रीय कोषाध्यक्ष सूर्यबहादुर अधिकारी, केन्द्रीय सदस्य प्रताप पौडेल, समूह ५६ का संयोजक राजेन्द्र खोजूले कार्यक्रम सफलताको कामना गर्नुभएको थियो ।

तीन दिनसम्म चलेको मानव अधिकार शिक्षा कार्यक्रममा ३० जनाका लागि आवासीय सुविधा सहितको आयोजना एआई ४३ को व्यवस्थापनमा भएको थियो । युवा शक्तिलाई मानव अधिकारमा विज्ञ बनाउने उद्देश्यले आयोजित उक्त तालिममा एआई ४३ का सल्लाहकार राजु सरकार र रामेश्वर नेपालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको संचालन हिरा शर्माले गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: