युरो फुटबल सम्बन्धी रोचक तथ्यहरु

प्रकाशित मिती : बिहिबार, जेष्ठ २५, २०६९ by   ·   Comments

० सुमनराज ताम्राकार

(त्यसो त काभे्रमा निकै अगाडिदेखि फुटबल खेल लोकप्रिय छ । पनौती, बनेपा र धुलिखेल फुटबल खेलका लागि चर्चित ठाउँहरु हुन् । अहिले पनि पाँचखाल र काठमाण्डौ विश्वविद्यालयमा क्षेत्रीय स्तरका फुटबल खेल आयोजना भैरहेका छन् । बनेपाली क्लबले काठमाडौँ र पाँचखालमा तहल्का मच्चाइरहेको छ । सारांशमा काभ्रेमा पनि फुटबलको क्रेज छ । र, यहाँ पनि विश्वकप, युरो कप तथा युरोपेली क्लब च्याम्पियनसीपका डाइ हार्ड Ïयानहरु छन् । आगामी शुुक्रबारदेखि पोल्याण्ड र युक्रेनमा मिनी वल्र्डकप अर्थात् युरो च्याम्पियनसीप शुरु हँुदैछ । यसले फुटबलका Ïयानहरुलाई करिब तीन हप्ता व्यस्त राख्ने छ । संविधान नबनेर फ्रस्टेट भएका कतिपय नेपाली युवाहरुलाई यसले मल्हमको काम गर्ने छ । मेरो रुचीका विषयहरु मध्ये फुटबल पनि एक हो । मलाई फुटबल खेल्न, हेर्न र यस सम्बन्धी लेख लेख्न औधी मनपर्छ । त्यसै कारण पनि यस पटक पहिलो युरो कपदेखिका निकै रोचक तथ्यगत कुराहरु पस्किँदैछु । पाठकहरुले मन पराउनु हुनेछ । भविष्यमा पनि युरो २०१२ का अद्यावधिक कुरा चाहनु हुन्छ भने पत्राचार गर्नुहोला । – लेखक)

  • ड्ड सन् १९९६ देखि छोटकरीमा युरो कप भन्न थालिएको युरोकपको शुरुको नाम युईफा युरोपियन नेशन्स कप थियो भने सन् १९६८ देखि युईफा युरोपियन फुटबल च्याम्पियनशीप अर्थात् युरोपियन च्याम्पियनशीप भनिन्थ्यो ।
  • ड्ड सन् १९२७ मै फ्रेन्च फुटबल फेडरेशनका हेनरी दिलाउनेले युरोपमा यस्ता खाले फुटबलको आयोजना हुनुपर्ने कुरा सुझाएपनि उसको निधन भएको तीन वर्ष पछि सन् १९६० देखि मात्र युरो कपको थालनी भयो । उसकै सम्मानमा विजेतालाई दिइने कपको नामाकरण गरियो ।
  • ड्ड फ्रान्समा सम्पन्न १९६० को पहिलो युरो कप एक हिसाबले सेमिफाइनलदेखि मात्र खेलाइएको थियो भने पनि हुन्छ किनकि उक्त प्रतियोगिताका लागि छनौट चरणमा सामेल १७ टोली मध्ये चार टोली मात्र फाइनलको छनौट भएको थियो । छनौट चरण अन्तर्गतको शुभारम्भ खेल सन् १९५८ सेप्टेम्बर २९ का दिन सोभियत संघको मस्को स्थित टिसेन्ट्रइनी लेनिन रंगशालामा भएको थियो ।
  • ड्ड पहिलो युरो कपका लागि इङल्याण्ड, जर्मनी तथा इटाली जस्ता फुटबलका महारथी देशहरुले सहभागिता जनाएको थिएन । त्यसबेलासम्म इटाली दुईपटक (१९३४ र १९३८), पश्चिम जर्मनी एक पटक (१९५४) विश्वकप विजेता भैसकेको थियो ।
  • ड्ड राजनैतिक प्रतिशोधका कारण क्वार्टर फाइनल चरणमा स्पेनले सोभियत संघसँग खेल्न अस्वीकार गरेको थियो । जनरल फ्रान्कोले सोभियत संघलाई स्पेन प्रवेशको अनुमति नदिएपछि सोभियत टोलीले स्वतः वाकओभर पाई सेमीफाइनलका लागि छनौट भएको थियो । स्पेनले यस्तो गल्ती अर्को पटक भने गरेन किनकि १९६४ मा स्पेन आयोजक भएका कारण पनि सोभियत संघलाई बार्सिलोनामा निम्त्याउन बाध्य भयो ।
  • ड्ड युरो १९६० को सेमीफाइनलमा आयोजक फ्रान्स युगोस्लाभियासँग ५–४ गोलको अन्तरले पराजित भयो । युरो फुटबलको इतिहासमा अहिलेसम्मकै बढी गोल भएको खेल हो ।
  • ड्ड फुटबल जगतमा कालो माकुराको नामले परिचित लेभ याशिनले अभिप्रेरित सोभियत युनियनले तनावपूर्ण फाइनल खेलमा युगोस्लाभियालाई हराएर युरो कप आÏनो नाममा पारेको थियो । पहिलो फाइनल खेल नै अतिरिक्त समयमा गएको थियो ।
  • ड्ड युरो कपको इतिहासमा हालसम्म तीनपटक आयोजक टोली नै विजेता भएको घटना छ । १९६४ मा स्पेनले थालेको यो कार्य १९६८ मा इटाली र पछिल्लो चोटी १९८४ मा फ्रान्सले पछ्याएको थियो । युरो २००४ मा पोर्चुगलले यो कथा दोहो¥याउन खोजेको थियो तर ग्रीसका क्यारिस्टिायासले खेलको ५७ औं मिनेटमा पोर्चुगलको सपना भताभुंग पारिदियो ।
  • ड्ड युरो १९६४ को छनौट चरणमा ग्रीसले अल्बानियासँग खेल्न मानेन किनकि तिनीहरु अभैm युद्धमा थिए । यसरी अल्बानिया अघिल्लो चरणको लागि छनौट भयो ।
  • ड्ड युरो १९६८ मा पेनाल्टीको नियम लागू भैसकेको थिएन त्यसैले पनि इटाली र सोभियत युनियनबीचको खेल बराबरीमा सकिएपछि गाई त्रिशुल अर्थात् टसबाट इटालीलाई विजयी घोषणा गरियो । युगोस्लाभिया र इटाली बीचको फाइनल खेल १ – १ सकिए पछि पुनः खेलाइएको फाइनल खेलमा इटालीले २–० ले जित्यो । फुटबलको इतिहासमा शायदै यस्तो घटना भयो होला ।
  • ड्ड १९७० विश्वकपमा सर्वाधिक १० गोल गरेका कीर्तिमानधारी गर्ड मुलरको २ गोल सहित पश्चिम जर्मनीले सोभियत संघलाई ३–० ले हराई युरो १९७२ जित्यो । युरो फुटबलको इतिहासमा हालसम्म फाइनल खेलमा यहि नै फराक जित हो ।
  • ड्ड युरो १९७२ विजेता पश्चिम जर्मनी टिम १९७४ विश्वकप पनि जित्यो । यसको उल्टो विश्वकप विजेताले युरो कप पनि जित्ने कार्य १९९८ र २००० मा फ्रान्सले र २००८ र २०१० मा स्पेनले ग¥यो । तर युरो १९६८ विजेता इटाली १९७० विश्वकप फाइनल पुगेर पनि ब्राजीलसँग हा¥यो । यसैगरी युरो १९८० विजेता पश्चिम जर्मनी १९८२ विश्वकपमा इटालीसँग पराजित भयो । र, १९९० विश्वकप विजेता जर्मनी भने १९९२ को युरो कप फाइनलमा डेनमार्कसँग हा¥यो ।
  • ड्ड युगोस्लाभियामा आयोजित युरो १९७६ नै अन्तिम युरो कप हो जसमा फाइनल चरणमा केवल चार टिम मात्र हुन्थ्यो र आयोजकले पनि छनौट चरण पार गर्नुपथ्र्यो ।
  • ड्ड युरो १९७६ का अन्तिम चरणका सबै खेल अतिरिक्त समयमा पुगेर वा पेनाल्टी शुटआउटबाट मात्र निर्णय भयो । अतिरिक्त समयसम्म २ – २ गोलको बराबरीपछि भएको पेनाल्टीमा चेकोस्लोभाकियाले पश्चिम जर्मनीमाथि ५–३ गोलले विजय प्राप्त ग¥यो । यसरी युरो १९७६ को फाइनल खेलको निर्णय पहिलो चोटी पेनाल्टी शुटआउटबाट भयो ।
  • ड्ड युरो १९८० देखि मात्र आयोजक राष्ट्र पहिले छनौट गर्ने गरियो । यसअघि सम्म सेमीफाइनल पुगेका राष्ट्रहरुमध्येबाट आयोजक छान्ने गरिन्थ्यो । आयोजक सोभैm अन्तिम चरणमा खेल्न पाउने व्यवस्था पनि यसैपटक देखि भयो ।
  • ड्ड दोश्रो पटक इटालीमा सम्पन्न युरो १९८० देखि ८ टिम हुन थाल्यो र दुईटा समूुहमा बाँडी खेलाएको प्रतियोगिताका समूह विजेता फाइनलमा जान्थ्यो भने उपविजेताहरु तेश्रो स्थानको लागि खेल्थ्यो । तेश्रो स्थानको लागि चेकोस्लोभाकिया र इटाली बीच नियमित समयसम्म १ – १ को बराबरी पछि भएको पेनाल्टी शुटआउटमा चेकोस्लोभाकियाले ९ – ८ गोलले विजयी भएको थियो । फुटबलको इतिहासमा पेनाल्टीमा सर्वाधिक गोल भएको खेल यहि होला ।
  • ड्ड तेश्रो पटक लगातार फाइनल पुगेको पश्चिम जर्मनीले बेल्जियमलाई ३–२ गोलले हराई युरो १९८० जित्यो । क्लाउस फिशरको खुट्टा भाँचिएका कारण मात्र टोलीमा स्थान पाएका रोस्ट हर्वेचले फाइनल खेलको १० औं मिनेटमै पश्चिम जर्मनीलाई अग्रता दिलाएका थिए । उसैले खेलको अन्तिम समय निर्णायक गोल पनि ठोके ।
  • ड्ड दोश्रो पटक फ्रान्समै भएको युरो १९८४ मा फ्रेन्च टोलीका मिशेल प्लाटिनी (हालका युरो अध्यक्ष) ले केवल ५ खेलमै ९ गोल गरी तहल्का मच्चाइदिए । यो रेकर्ड अहिलेसम्म कुनै खेलाडीले तोड्न सकेको छैन । उसले प्रत्येक खेलमा गोल गरेका थिए । प्लाटिनीले एकै प्रतियोगितामा दुईटा ह्याट्रिक (बेल्जियम र युगोस्लाभिया विरुद्ध) र युगोस्लाभिया विरुद्धको खेलमा त युरो कपको इतिहासमा सबैभन्दा छोटो समयमै (केवल १८ मिनेटको अन्तरालमा) ह्याट्रिक पूरा गरेका थिए ।
  • ड्ड युरो १९८४ देखि फम्र्याट अलि फरक गरि सेमीफाइनलका विजेताहरु मात्र फाइनलका लागि छनौट हुने परम्परा थाल्यो । विश्वकप फुटबल भन्दा फरक यो प्रतियोगितादेखि तेश्रो स्थानको खेल पनि हटाइयो ।
  • ड्ड युरो १९८८ को सेमी फाइनलमा आÏना परम्परागत विपक्षी पश्चिम जर्मनीलाई हराएको नेदरल्याण्डको टोलीले फाइनलमा मार्को भान बास्टेनको अपत्यारिलो भलि गोल सहितको मघतले सोभियत युनियनलाई २–० ले हराई हालसम्मकै उच्च उपाधि हात पा¥यो । युरो १९८४ मा प्लाटिनीले जस्तै यसपटक बास्टेनले सेमीफाइनल खेलमा बाहेक सबै खेलमा गोल गरे । उसले क्वार्टरफाइनलमा ईगल्याण्ड विरुद्ध ह्याट्रिक पनि गरेका थिए ।
  • ड्ड युरो १९८८ को एक महिना अघि इटालीले सोभियत संघलाई ४–१ गोलको अन्तरले हराएपनि युरो च्याम्पियनसीपको सेमीफाइनलमा सोभियत टोली इटालीलाई २–० गोलले पराजित गरि चौथो चोटी फाइनल पुगेको थियो ।
  • ड्ड युरो १९८८ को अन्तिम चरणमा एउटा खेलाडीले पनि रातो कार्डको सामना गर्नु परेन भने कुनैपनि खेल गोलरहित बराबरीमा टुँगिएन अर्थात् अतिरिक्त समय तथा पेनाल्टीबाट निर्णय गर्नु परेन ।
  • ड्ड एकीकृत जर्मनीले पहिलो चोटी भाग लिएको युरो १९९२ देखि नै खेलाडीको जर्सीमा खेलाडीको नाम लेखिन थाल्यो ।
  • ड्ड स्पेनले एक्स्पो र ओलम्पिक खेलको आयोजना गरेका कारण युरो १९९२ को आयोजना स्वीडेनले पाएको थियो । युरो १९९२ को अन्तिम चरणका लागि छनौट हुन सफल युगोस्लाभिया गृहयुद्धमा फसिरहेको कारण डेनमार्कले अन्तिम चरणका लागि अवसर पायो । र, यहि टोलीले फाइनलमा जर्मनीलाई २–० ले धुलो चटाइ दियो ।
  • ड्ड युरो १९९६ देखि समूह चरणमा पाएका रातो तथा पहेँलो कार्डलाई अन्तिम चरणमा पनि गणना गरिने नियम लागू भयो । युरो १९९६ को समूह चरणमा दुईटा पहेँलो कार्ड पाएका जर्मनीका योर्गेन क्लिन्सम्यान इङल्याण्ड विरुद्धको पहिलो सेमीफाइनल गुमाउन पुग्यो ।
  • ड्ड युरो १९९६ का दुवै सेमी फाइनल खेल पेनाल्टी र ६–५ गोलको समान अन्तरले निर्णय भयो । चेक गणतन्त्रले फ्रान्सलाई र जर्मनीले इङल्याण्डलाई हरायो ।
  • ड्ड पहिलो पटक १६ टोली सम्मिलित युरो १९९६ देखि गोल्डेन गोलको नियम लागू भयो । फाइनलमा जर्मनीका ओलिभर वियरहोफले गरेको पहिलो गोल्डेन गोलको मद्धतले नवगठित चेक रिपब्लिक माथि २–१ गोलले विजय प्राप्त ग¥यो ।
  • ड्ड युरो २००० पहिलो चोटी दुईटा राष्ट्र (नेदरल्याण्ड र बेल्जियम) ले आयोजना ग¥यो । यो क्रम युरो २००८ मा अष्ट्रिया र स्वीजरल्याण्ड तथा युरो २०१२ मा पोल्याण्ड र युक्रेनले जारी राख्यो । यो घटना युरो २०२० मा पक्कै पनि दोहोरिने छ किनकि यसका लागि रोमानिया र हंगेरी, चेक रिपब्लिक र स्लोभाकिया तथा सर्बिया, बोस्निया हर्जगोबिना र क्रोसियाले संयुक्त रुपमा दावी गरिरहेको छ ।
  • ड्ड युरो २००० को फाइनलमा पनि फ्रान्सका डेभिड ट्रेजेगुईटले गरेको गोल्डेन गोलको मद्दतले इटालीलाई हरायो ।
  • ड्ड यस अघि केवल एक पटक मात्र १९९४ विश्वकप र युरो १९८० मा सहभागिता जनाएका ग्रीसले युरो २००४ को फाइनलमा आयोजक पोर्चुगललाई १–० को झिनो अन्तरले हरायो । सट्टेबाजीमा ग्रीसले जित्ने अपेक्षा केवल १५० विरुद्ध १ मात्र थियो । २००३ मा गोल्डेन गोललाई विस्थापित गरेको सिल्भर गोलको मद्दतले फाइनल पुग्ने क्रममा साविक विजेता फ्रान्स र चेक रिपब्लिकलाई पाखा लगाएको थियो । यो प्रतियोगिताको अन्त्य सँगै सिल्भर गोलको नियम पनि छोटो समयमै तुहियो ।
  • ड्ड युरो २००८ फाइनल खेलमा फर्नान्डो टोरेसले खेलको ३३ औं मिनेटमा गरेको गोलको मद्धतले स्पेनले युरो १९६४ पछि दोश्रो पटक ठूलो उपाधि जित्यो । स्पेनका खेलाडीहरुले यति राम्रो खेल प्रदर्शन ग¥यो कि अर्थात् तिनीहरुको खेल क्षमता यति राम्रो भयो कि युरो २००८ लगत्तै गठित युईफा युरो २००८ टिम अफ द टुर्नामेन्टमा स्पेनका नौ खेलाडी समेटिए भने स्पेन युरो २००८ मा कुल १२ गोल ग¥यो । डेभिड भिया ४ गोल गरी टप स्कोरर र जाभी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए ।
  • ड्ड पहिलेको युरो ट्रफी बनाउने जिम्मा हेनरीका छोरा पियरे दिलाउनेलाई दिइएको थियो । युरो २००८ देखि युरो ट्रफी परिवर्तन गरी अलि ठूलो बनाइयो । जसको तौल ८ किलोग्राम र ६० सेमी अग्लो छ । ट्रफीलाई सजिलै ठड्याएर राख्न सकियोस् भनेर पिँध अलि फराक बनाइएको छ । युरो विजेताको नाम पहिले पिँधमा लेखिने गरेकोमा आजकल ट्रफीको पछाडिपट्टि लेखिन्छ ।
  • ड्ड पश्चिम जर्मनीका राइनर बोनहफ युरो फुटबलको इतिहासमा यस्ता खेलाडी हुन् जसले तीन पदक जिते । १९७२ र १९८० युरोमा स्वर्ण र १९७६ युरोमा रजत पदक जिते । १९७६ युरोमा त उनले केवल अन्तिम चरणका खेलहरु मात्र खेलेका थिए ।
  • ड्ड युरो फुटबलका अन्तिम चरणका खेलहरुमा फ्रान्सका मिशेल प्लाटिनीले सबैभन्दा बढी कुल ९ गोल गरेका छन् भने एलान शियररले ७ गोल, नुनो गोमेज, थियरी हेनरी, प्याट्रिक क्लुभर्ट, रुड भान निस्टोलरायले ६ गोल र मिलान बारोस, योर्गेन क्लिन्सम्यान, साभो मिलोसेभिच, मार्को भान बास्टेन र जिनेदिन जिदानले कुल ५–५ गोल गरेका छन् ।
  • ड्ड युरो फुटबलको एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीहरुमा मिशेल प्लाटिनी (१९८४) ले ९ गोल, मार्को भान बास्टेन (१९८८), प्याट्रिक क्लुभर्ट, साभो मिलोसेभिच (२०००)र मिलान बारोस (२००४) एकै प्रतियोगितामा ५ गोल गरेका थिए ।
  • ड्ड युरो फुटबलमा पहिलो ह्याट्रिक युरो १९७६ मा पश्चिम जर्मनीका डाइटर म्युलरले युगोस्लाभिया विरुद्ध गरेका थिए ।
  • ड्ड युरो फुटबलको इतिहासमा लोथार म्याथ्युज (जर्मनी), पिटर स्कमाइकेल (डेनमार्क), एरोन विन्टर (नेदरल्याण्ड), एलेसान्द्रो डेल पियारो (इटाली), एडविन भान डेर सार (नेदरल्याण्ड) र लिलियन थुराम (फ्रान्स) ले सर्वाधिक चार प्रतियोगिता खेलेका थिए ।
  • ड्ड युरो फुटबलको इतिहासमा एडविन भान डेर सार (नेदरल्याण्ड) र लिलियन थुराम (फ्रान्स) ले सर्वाधिक कुल १६ खेल र लुईस फिगो, नुनो गोमेज (पोर्चुगल), कारेल पोबोस्र्की (चेक गणतन्त्र) र जिनेदिन जिदान (फ्रान्स) ले १४ खेल खेलेका थिए ।
  • ड्ड युरो फुटबलको इतिहासमा १९७६ मा चेकोस्लोभाकियाले पश्चिम जर्मनीलाई, १९९२ मा डेनमार्कले जर्मनीलाई नै तथा २००४ मा ग्रीसले पोर्चुगललाई पराजित गरी विजेता बनेको घटना युरो फुटबलको इतिहासमा निकै अप्रत्याशित नतिजा हुन् । रोचक कुरा सन् १९७६ र १९९० दुवै पटक जर्मनी साविक विश्वकप विजेताका रुपमा पनि थिए ।
  • ड्ड हालसम्म जर्मनीले सर्वाधिक तीन पटक (१९७२, १९८० र १९९६) युरो कप जितेको भएपनि कुनैपनि टोलीले लगातार दुईपटक जित्न सकेको छैन । फ्रान्स हालसम्म दुई पटक (१९८४ र २०००) फाइनल पुगेकोमा दुवै पटक विजेता बन्यो । हेरौं यो पटकको युरो २०१२ मा स्पेन पनि बलियो टिम नै हो । कतै स्पेन युरो – वल्र्डकप – युरो ब्याक टु ब्याक जित्छ कि ?
  • ड्ड युरो २०१२ को एक मात्र नयाँ टोली युक्रेन हो त्यो पनि सह आयोजकका रुपमा । यस अघि युक्रेनका केही खेलाडी मात्र युरो १९९२ मा सीआईएसबाट खेलेका थिए । युरो १९९२ मा सोभियत संघले युनियनका रुपमा अन्तिम पटक भाग लिएका थिए । देश टुक्रिनु केहि समय अघि छनौट भएको तत्कालिन सोभियत संघले अन्तिम चरणका खेलहरु कमनवेल्थ अफ इन्डिपेन्डेन्स स्टेट्स (सीआईएस) का नाममा खेलेका थिए । उक्त टोलीमा रसिया, बेलारुस, काजखस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, किर्गिस्तान, आर्मेनिया, अजरबैजान, माल्दोभा, ताजकिस्तानका साथै युक्रेनका खेलाडीले पनि भाग लिएका थिए । यसमध्ये कतिपय राष्ट्रहरु हाल एशिया क्षेत्रबाट खेल्दछन् । सीआईएसमा सदस्य नभएपनि जर्जियाका काखाबर तास्हाडाडुजले भने खेलेका थिए ।
  • ड्ड तत्कालिन चेकोस्लोभाकिया, युगोस्लाभिया र सोभियत संघ टुक्रिएपछि युरोपेली राष्ट्रहरुको संख्यामा बढोत्तरी भयो । त्यसैले आगामी युरो २०१६ देखि फाइनल चरणमा खेल्ने टोलीको संख्या १६ बाट २४ पु¥याईंदैछ ।
1
'

Tags: , , ,

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: