मोहनविनोद बजगाईंलाई पुत्रशोक

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

बनेपा बुडोल निवासी मोहनविनोद बजगाईंलाई पुत्रशोक परेको छ । उहाँका एकमात्र पुत्र आशीष बजगाई (वर्ष २२) को गत शुक्रबार दुर्घटनामा परी निधन भएको हो । आफ्ना साथी अरुणा भण्डारी (वर्ष १९, दमौली) का साथ नारायणी नदी किनारामा बसिरहेको बेला छालले हुत्याउँदा निधन भएको प्रहरीले अनुमान गरेको छ । आशीष र अरुणा बसेको स्थलबाट मोटरसाइकल, ल्यापटप र आशीषको जुत्ता प्रहरीले फेला परेको छ । आशीष र अरुणाको शव यो समाचार तयार पारुञ्जेलसम्म प्राप्त हुन सकेको छैन ।
यसैगरी बनेपाका पुराना शिक्षक एवं चण्डेश्वरी जात्राका प्रधान कार्यकर्ता (द्वारे) श्याम मुनंकर्मीको साउन ६ गते निधन भएको छ । जण्डिसले ग्रसित भएपछि उपचारको क्रममा उहाँको निधन भएको हो । काभ्रे टाइम्स र रेडियो एबीसी बजगाईं तथा मुनंकर्मी परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: