मैत्री केन्द्रको १२ औं वार्षिकोत्सव

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

बनेपा । मैत्री केन्द्र बाल आश्रम ध्यानकुटी विहारको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । समाजसेवी पञ्चवीरसिंह तुलाधरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाल आश्रमका विद्यार्थीहरुले नृत्य तथा आश्रमका बारेमा आ आफ्नो धारणा राखेका थिए । हुम्ला, कपिलवस्तु, काभ्रे लगायत विभिन्न जिल्लाबाट आएका अनाथ तथा गरीब बालिकाहरुलाई मैत्री बाल आश्रमले निशुल्क अध्ययन तथा गाँसबासको व्यवस्था मिलाएको छ । कार्यक्रममा मैत्री केन्द्र बालआश्रमका धर्मअनुशासक संघनायक अश्वघोष महास्थवीरले आश्रमका बारेमा धारणा राख्नुभएको थियो । आश्रममा रहेका १४ जना बालिकाहरुलाई उच्च शिक्षासम्म अध्ययन गराइने सचिव वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: