मेरो काभ्रेपलाञ्चोक र म

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

– रुपक खड्का

 म काभ्रेपलाञ्चोक पनौती पूर्वको सानो भन्ज्याङ्गको सुन्थान गाउँमा जन्मिएर हुर्केको र त्यहीँ मा.वि.मा अध्ययन गरेर राजधानी उच्च शिक्षाका लागि हुँदै आउँञ्जेल म आफूजस्तै आफ्नो गाउँ र जिल्लालाई पहिचानविहीन स्थान थान्थेँ । मैले सर्वप्रथम नेपालका ७५ वटै जिल्ला पैदल घुमेँ र नेपालबारे लेखिएका सयौँ पुस्तकहरु पढेँ । पशुपति र स्वयम्भू, लुम्बिनी र हलेसी, मुक्तिनाथ र स्वर्गद्वारी जस्ता विशिष्ट पहिचान दिने स्थान मेरो जिल्लामा पनि भए हुने थियो भन्ने चाहना राख्ने गर्थें । जब मैले सगरमाथा, कञ्चनजंघा, मकालुदेखि पश्चिमका अन्नपूर्ण, धौलागिरी, कान्जिरोवा, सैपाल जस्ता हिमालहरु देखेँ अनि काभ्रेपलाञ्चोकका सानातिना ढिस्काहरु सम्झेर आफूलाई हिनताबोध गर्थे । मलाई खाएका पिएका व्यक्तित्वशाली मान्छेहरु भेट्दा दुब्ला

            नेपाल हुँदै विश्व साइकल यात्राको क्रममा म भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश घुम्दा त्यहाँका कला संस्कृति, प्राचीन सभ्यता, आदि हेर्दा आफूकहाँ गाई बाख्रा र धुले सडक बाहेक केही छैन भन्ने लागेर कहिले त मन विरक्त हुने गथ्र्यो । कराँची कोलम्बो कोचिन कलकत्ता हुँदै ढाकासम्मको त्यो यात्रामा विशाल समुद्र देख्दा आफ्नो गाउँको रोसी खोला सम्झिन्थे र काभ्रेपलाञ्चोक सबै कुरामा बामपुड्के रहेछ भन्ने लाग्थ्यो । पनौती, धुलिखेल, बनेपा, दोलालघाट, पाँचखाल, लामीडाँडा, साठ्ठीघर आदि मेरा शहरहरुबाट निक्लिएर भक्तपुर र काठमाडौँ पुग्दा छक्क पर्न मान्छे म इस्लामाबाद, कराँची, कोलोम्बो, ब्याङ्लोर, मद्रास मात्र होइन कलकत्ता, दिल्ली, मुम्बई र ढाका जस्ता बिशाल शहरमा पुग्दा त म सुनसान बस्तीबाट आएको हुँ कि भन्ने सोच्न बाध्य हुन्थेँ । विश्व भ्रमणका लागि निस्कँदा मैले पहिलोचोटि संसार घुम्ने चाहना बाहेक केही बढी उद्देश्य राख्न सकेको थिइनँ भन्ने पहिलो चरणको भ्रमणपछि महसुस गरेको छु । विना कुनै तयारी भूगोलको यात्रा मात्रै हुनगएछ भन्ने मलाई लागेको छ । म जस्ता संसार घुम्ने, संसारभरि ब्यवसाय गर्ने विश्वव्यापी ज्ञान प्राप्त गर्न चाहने र संयुक्त राष्ट्र संघकै नेतृत्वमै पुग्न चाहने र त्यस्तो क्षमता भएका थुप्रै नेपाली युवाहरु भेट्ने र साक्षात्कार गर्न मैले अहिले अवसर पाएको छु ।पातला सधैँ पसिना बगाउने खेतबारीबाट फुर्सद नपाउने आफ्ना बाबाुआमा जस्तै र मोटर नभएको सुन्थानको धुले सडक नै बढी प्यारो लाग्दछ ।

हालसालै सगरमाथा आरोहणमा कीर्तिमान कायम गरेका आप्पा शेर्पाको नेतृत्वमा हिमालयन टे«ल भन्ने रोमाञ्चक यात्रा सम्पन्न भएको छ । उक्त यात्राको समग्र संयोजन गर्न प्रशान्त सिंह जस्ता ब्यवसायिक रुपमा अति चुस्त ब्यक्तित्वहरु पनि यात्रा पूरा गराउनमै सीमित रहेको पाइयो । हिमालयन टे«लका सिलसिलामा हिमालयको सभ्यता, संस्कृति एवं  स्थानीय जनजीवनका उज्याला र अँध्यारा पक्षहरुलाई उजागर गर्ने आवश्यकतातिर प्रशस्त साधन स्रोत परिचालन हुँदा हुँदै पनि गहन रुपमा ध्यान गएको देखिएन जस्तो लागेको छ । हुन त यात्रा बारेका बृत्तचित्रहरु र स्मरणहरु प्रकाशित हुन बाँकी नै छ । ठीक यसरी नै अहिले आएर आफ्नो यात्रालाई उपलब्धिमय बनाउन के कस्तो कमी कमजोरी हुनपुग्यो भनेर मलाई बोध गराउने काम केही मित्रहरुले गरेका छन् ।

मद्रासको संस्कृत विश्वविद्यालयबाट बी.ए. अनर्स गरेर इन्दोरको बिक्रमादित्य विश्वविद्यालयबाट पुरातत्वमा एम.ए. को अध्ययन गरेर अफगानिस्तानदेखि म्यान्मार र तिब्बतदेखि श्रीलङ्कासम्म २ महिनादेखि २ वर्षसम्मको सत्सङ्ग गर्दै विभिन्न मठ मन्दिरहरुमा एसियाको भाषा संस्कृति र इतिहास अध्धयन गरेर ई.सं. १९३४ तिर ‘दूर हटो रे दूनियावाले हिन्दूस्तान हमारा हैं’ भन्ने नाराका साथ लालबहादुर शास्त्रीसँगै बन्दी बनेर १९४७ मा कराँची कारागारबाट रिहा भएका नेपाली युवा बुद्धिजीवी एवं ब्रम्हज्ञानी मानिएका योगी नरहरिनाथले लेख्नु भएको इतिहास अध्ययनको क्रममा मैले थाहा पाएँ कि मेरो जिल्ला काभ्रेपलाञ्चोकले नेपालका ७५ जिल्लाहरुमा शीर्षस्थान राख्दो रहेछ । यात्रा प्रारम्भ गर्नु अघि आफ्नो जिल्ला पुरै घुम्नुपर्ने रहेछ । आफ्नो गाउँ घरको इतिहास जान्नुपर्ने रहेछ । अहिले आएर गुहेश्वरी, दक्षिणकाली, बढिमालिका र पाथिभरा सरहकै अत्ति बढी शक्तिदायिनी पलान्चोक भगवती, तिमाल नारायण, कानपुर कालिका, धनेश्वर महादेव, भुम्लुटार देविथान, बनेपा चण्डेश्वरी र धुलिखेल कालिका हुन् अथवा सिद्धार्थ शाक्य जन्माउने महान बलिदानका प्रतिमूर्ति पनौतीका युवराज नमोबुद्धको महिमा गान जति गरे पनि कमै देखिन्छ । मेरा भोटेकोशी, सुनकोशी, इन्द्रावतीहरुको जलसौन्दर्य कुनै सागर र सरोवर भन्दा कम छैन । इतिहासमा काठमाडौँ उपत्यका भन्दा जेठो र समृद्ध पनौती, पलान्चोक, बनेपा आदिबारे अनुसन्धानको खाँचो छ । यसै क्रममा मैले केही मित्रहरुलाई अनुरोध गरेर आगामी असार २३ गते काठमाडौँ, भक्तपुर, बनेपा र धुलिखेल हुँदै एक रात नमोबुद्धमा बसेर काभ्रेपलाञ्चोकबारे राष्ट्रले नै चिन्तन गरोस् भन्ने कार्यक्रम अघि सारेको छु । स्थानीय धर्मगुरु, बुद्धिजीवी, नेता, संघ संस्था, पत्रकार, प्रहरी प्रशासन तथा आम जनसमुदाय र मौसमले साथ दिएमा काभ्रेपलाञ्चोकको महान सभ्यता संस्कृतिका साथ विश्व यात्रामा जाने म र मेरा साथीहरुको अभिष्ट पूरा हुने विश्वास गरेको छु ।

1

'

Comments

  1. Dr BB Shahi says:

    So nice article!History of Kavrepalanchok exposed in a very perfect way!

  2. Bidur Khatri says:

    There are a lot of things to be explored about Kavre district. There are many historical, touristic, geographical, religious and social places that are not visited and studied.

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: