मुटुरोगी लाभान्वित हुने भए

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

धुलिखेल । रोटरी क्लब धुलिखेलले धुलिखेल अस्पतालमा कलर डोप्लर अल्ट्रासाउण्ड सिस्टमको मुटुरोगीका लागि सूक्ष्म परीक्षण गर्ने अत्याधुनिक मेशिनलाई रोटरी इन्टरनेशनल ३२९२ गर्भनर गोल्यान र रोटरी क्लब धुलिखेलका अध्यक्ष अशोक श्रेष्ठले संयुक्त रुपमा अस्पतालका मुटुरोग विशेषज्ञ डा. सञ्जन हुमागाईंलाई सोमबार एक समारोहबीच हस्तान्तरण गर्नुभयो ।

समारोहमा गर्भनर गोल्यानले यस्तो अत्याधुनिक मेशिनबाट अस्पतालले विरामीका लागि गुणस्तरीय सेवा दिने कुरा बताउनुभयो भने रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष अशोक श्रेष्ठले यो मेशिन झिकाउन जर्मन रोटरीका डा. डिक एन्डरसनको विशेष सहयोगका साथै रोटरी क्लब डोरफेन जर्मनी र रोटरी इन्टरनेशनलले रोटरी धुलिखेलको प्रस्ताव स्वीकार गरेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा रोटरीयन शिवभक्त राजभण्डारी, सहायक गभर्नर कीर्तिनाथ मास्के, बनेपा रोटरीका अध्यक्ष मानकाजी प्रधान, रोटरियन राजु सरकार, केदार मानन्धर, डा. बलराम मल्लका साथै न्यूजिल्याण्डका स्वयंसेवकहरुको पनि उपस्थिति रहेको थियो ।  यो अत्याधुनिक मेशिन बोक्न सजिलो भएको कारण जुनसुकै ठाउँमा पु¥याउन सकिने हुँदा धेरैभन्दा धेरै विरामी लाभान्वित हुने कुरा चिकित्सक डा. हुमागाईंले व्यक्त गर्नुभयो । उक्त मेशिन २२ लाख ५० हजार व्यहोरेर अस्पताललाई हस्तान्तरण गरेकोमा रोटरी क्लब धुलिखेलप्रति अस्पतालले आभार व्यक्त गरेको छ । राजधानीस्थित सहिद गंगालाल हृदयरोग केन्द्र पछि काभ्रे जिल्लाको धुलिखेल सामुदायिक अस्पताल मुटुरोगीका लागि अर्को केन्द्र बन्ने धेरैको अनुमान छ ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: