मुटुरोगी बालकलाई सहयोग

प्रकाशित मिती : शनिबार, जेष्ठ २०, २०६९ by   ·   Comments

बनेपा । बनेपा–६ बसोवास गर्दै आएका झापाका कृष्णप्रसाद पहरी तथा कमला पहरीको छोरा १३ वर्षीय करण पहरीलाई उपचारको लागि राधा माधव समिति, काभ्रे शाखा र नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको सभापति हरिभक्त भोछिभोयाले १० हजार नगद र प्रतिष्ठानको काभ्रे शाखाको तर्फवाट रु. ५ हजारको चेक प्रदान गर्नुभयो । उक्त अवसरमा कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्नुहुँदै शाखाको सचिव एवम् केन्द्रीय सदस्य विमललाल सिकु श्रेष्ठले बालबालिकाहरुलाई लाग्ने जन्मौटे मुटुरोग र वाथ ज्वरो तथा बाथ मुटुरोगबारे जानकारी गराउनुभयो ।

मुटुरोगी पहरीलाई यहि जेठ १७ गते गंगालाल हृदयरोग केन्द्रमा हुने मुटुको अपरेसनको लागि १६ गते भर्ना गर्न लगिने बताइयो । पहरी पाँच वर्ष हुँदा निमोनिया भएको थियो । अहिले मुटुमा प्वाल परेको छ । उनको उपचारमा हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जस्तै मनकारी भएका व्यक्ति, संस्थाले सहयोग गरिदिनुहुन उनकी आमा कमला पहरीले अनुरोध गरेकी छिन् । कमलाको मोबाइल नम्बर ९८०८७६४४४८ हो ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: