मिर्गौला बेच्नुपर्ने कस्तो गरीबी ?

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

– डा. सुमनराज ताम्राकार

राम्रो वा नराम्रो कामले नै हो, चर्चामा आइने । विगत केही समयदेखि काभ्रेको होक्से गाविस अलि नराम्रो तवरले चर्चामा आइरहेको छ । नराम्रो नै चाहिँ नभनौं शायद बाध्यता पनि होला । मिर्गौला नै बेच्नुपर्ने कस्तो गरीबी होला त होक्सेमा ? होक्से तथा आसपासका पाँचखाल, बालुवाका गरी १०३ जनाले मिर्गौला बेचिसकेको खबर प्रकाशमा आएको छ । अधिकांश घरका युवा तथा वयस्कका जीउमा अपरेशन गरिएका यति लामो घाउ देख्न सकिन्छ । बाध्यता, करकाप, चरम गरीबी, दलाल जे जति कारणले मिर्गौला बेचेको भएपनि मध्यस्थकर्ताले कबुल गरे जतिको पैसा नदिने वा बीचकोले पैसा खाइदिने गरेको खबरले भने मनै अमिलो हुन्छ ।

चिकित्सा विज्ञानमा भएको प्रगति अनुसार मुटु, कलेजो, फोक्सो, मिर्गौला लगायतका मानव अङ्ग प्रत्यारोपण सफलतापूर्वक गर्ने गरिएपनि नेपालमा भने मिर्गौला मात्र प्रत्यारोपण गर्ने गरेको छ । शिक्षण अस्पताल एवं वीर अस्पतालमा यो सेवा उपलब्ध छ । नेपालमा सीमित सुविधाका कारण मिर्गौला प्रत्यारोपणका लागि अभैm कम्तीमा भारत जानुपर्ने व्यवस्था छ । शरीरका कुनै पनि अङ्ग प्रत्यारोपणका क्रममा लिने र दिने बीच रगत समूह लगायतका अन्य कतिपय तत्वहरु मिल्नु पर्दछ । यी यावत कारणले आफन्तजनबाट नै अङ्गदान गर्ने गरिए पनि कतिपय अवस्था तेश्रो पार्टीको खोजी गर्न थालिन्छ । र, यहिँ मध्यस्थकर्ता अर्थात् दलालको चलखेल हुन थाल्छ ।

नेपालमा प्रत्येक वर्ष २ हजार ७ सयदेखि ३ हजार जनाको मिर्गौला फेल हुन्छ । मिर्गौला फेल भयो भने यसले रगत सफा पार्न सक्दैन र रगतमा भएको विकार क्रियटिनको मात्रा बढ्छ । सामान्यतयाः रगतमा क्रियटिनको मात्रा १.२ भन्दा कम हुनु पर्दछ । कुनै पनि बेला क्रियटिनको मात्रा बढेको छ भने यो स्थायी वा अस्थायी कुन प्रकारले बढेको हो थाहा पाउनु पर्दछ । अस्पताल तथा क्लिनिकमा ५०–६० रुपैयाँले क्रियटिनको मात्रा जाँच्न सकिन्छ । ज्वरो अथवा कुनै औषधि सेवन गरिरहँदा रगतमा क्रियटिनको मात्रा अस्थायी तवरले बढ्न सक्छ । लामो समयसम्मको मधुमेह (सुगर), उच्च रक्तचाप (हाई ब्लडप्रेसर), मिर्गौलाकै सुजन (नेफ्राइटिस), मिर्गौलाको पत्थरी तथा वंशाणुगत कारणले स्थायी प्रकारको मिर्गौलाको खराबी हुनसक्छ ।

मिर्गौला रोगका लक्षणहरु शुरुमा नदेखिएपनि माथि उल्लेखित स्वास्थ्य समस्याहरुको पृष्ठभूमिमा खुट्टा तथा आँखाको डिल सुन्निने, थकाइ लाग्ने, खान मन नलाग्ने, पिसाब छिनछिनमा लाग्ने भएमा मिर्गौला फेल खाएको हुनसक्छ । मिर्गौला प्रत्यारोपण निकै खर्चिलो उपचार हो । त्यसैले पनि शुरुमा जो कोहीले आँटदैनन् र शुरुमा डायलाइसिसकै सहारामा पर्दछन् । नेपालमा हाल करीब ५०० जनाले डायलाइसिस गराइरहेका छन् । उपत्यका करीब आधा दर्जन अस्पतालहरुमा डायलाइसिसको सुविधा छ । हालैका दिन पत्रपत्रिकामा एउटा उदेक लाग्दो समाचार अथवा सूचना छापिएको थियो । भारतमा प्रयोग भइसकेका डायलाइसिस मेशिनहरु (Ïयाँक्नुपर्ने अवस्थाका), त्यसमध्ये कतिपय त एचआईभी तथा हेपाटाइटिस बी संक्रमितलाई प्रयोग गरिसकेका, काठमाडौं उपत्यकाका कतिपय अस्पतालमा ल्याई पुनः प्रयोग गरिरहेका छन् । हेर्नुस् त नेपालको चाला, न कुनै अनुगमन, न कुनै मापदण्ड ? पैसाका लागि जे पनि गर्ने समय छ नेपालमा ।

करीब ८० प्रतिशत मिर्गौला रोगीले एक पटक पनि डायलाइसिस गर्न सक्ने हुँदैन अर्थात् गराएका हुँदैनन् । त्यसमाथि सम्बन्धित निकायहरुको असावधानीले त्यसरी संक्रमितलाई प्रयोग गरिसकेका तर राम्ररी निर्मलीकृत नगरिएका डायलाइसिस मेशिनका कारण बिरामीले थप समस्या बेहोर्नुपर्ने अवस्था छ । डायलाइसिस गराइरहेकाहरु तथा तिनका परिवारजन बिस्तारै आजित हुन थाल्छन् र घरखेत बेचेर वा ऋण काढेर भएपनि मिर्गौला प्रत्यारोपण गर्न तर्पm लाग्छन् ।

नियमित व्यायाम गर्ने, सुगरका बिरामीले सुगर नियन्त्रणमा राख्ने, नियमित प्रेसर नाप्ने, उच्च रक्तचापका बिरामीले प्रेसर नियन्त्रणमा राख्ने, धुम्रपान नगर्ने, जथाभावी पेनकिलर औषधि नखाने, दिनहुँ प्रशस्त मात्रामा पानी (कम्तीमा एक लिटर) पिउने गरेमा मिर्गौलाको रोगबाट बच्न सकिन्छ । योगा वा आर्युवेदका उपचार तर्पm लाग्ने हो भने चिकित्सकको सल्लाह लिएर मात्र औषधि छोड्नु पर्दछ ।

तर मानिसहरु दुखःचिन्ता भगाउन युरिया हालेकै किन नहोस् जाँड रक्सी सेवन गर्नु परेको छ ? मिर्गौला बिग्रिनेमा भन्दा सुगर र प्रेसरको औषधि जिन्दगीभर खानु पर्नेमा बढ्ता पिरलो छ सुगर र प्रेसरका बिरामीलाई । पानी पिउने र व्यायाम गर्ने त कुन चराको नाउँ हो कतिपयका लागि । मैले यी कुरा नकारात्मक तवरले प्रस्तुत गरेपनि सारांशमा रोग लागेपछि चिन्ता गर्नुभन्दा यसबाट बच्नु नै बुद्धिमानी हुन्छ भन्न खोजेको हँु ।

अन्त्यमा,

मानव शरीरमा दुईटा मिर्गौला हुन्छन् । यदि एउटा मिर्गौलाले पुग्दो हो त सृष्टिकर्ताले शुरु देखि एउटै मिर्गौला मात्र राखि दिन्थ्यो होला । छोटकरीमा दुईटा मिर्गौलाको काम एउटा मिर्गौलाले गर्नु परेपछि अधिक भार त पर्छ नै । शरीरमा दैनिक रुपमा यति धेरै विकार तत्वहरु बन्छ कि यी खराब तत्वहरु फाल्न दुइटै मिर्गौला चाहिन्छ नै तर हुँदै भएन भने अलग कुरा हो । यो त हामीले कहिलेकाहीँ आधा पेट खाएर भए पनि रात कटाए जस्तै हो । र, स्वस्थ्य मानिसको शरीरमा दैनिक करीब डेढ लिटर पिसाब बन्नु पर्दछ । त्यसैले मिर्गौला बेचेर होइन कि अन्य कुनै वैकल्पिक उपायबाट आय आर्जन गरी जीवन गुजारा गरौं । यसो गर्नका लागि सम्बन्धित निकायबाट उचित पहल हुनुप¥यो । मलाई खट्किएको कुरा के हो भने नेपालभरिमा होक्सेका बासिन्दाले मात्र किन मिर्गौला बेचेर गुजारा गर्नुपर्ने बाध्यता आइप¥यो ? यसको खोजीनीति हुन जरुरी छ ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: