माओवादी केन्द्र र नया“ शक्तिका सयौ का“ग्रेसमा प्रबेश

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

 

काभ्रेका विभिन्न ठाउँमा भएका चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रबेशको लर्को लागेको छ ।

आईतवार नेकपा माओवादी केन्द्र निकट किसान महासंघका केन्द्रिय सदस्य एवं केन्द्रका निवर्तमान पाँचखाल इञ्चार्ज हरिप्रसाद दुलाल नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । आइतबार आयोजित एक कार्यक्रममा लामो समय माओवादी केन्द्रमा रहनुभएको दुलाल नेपाली कांग्रेसको नगरस्तरीय सभामा कांग्रेस प्रवेश गर्नुभएको हो । उहाँलाई नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधि सभा २ नं. का उम्मेदवार मधुप्रसाद आचार्य, प्रतिनिधि सभा २ को प्रदेश सभा २ का उम्मेदवार सुन्दरमणी आचार्य लगायतले दुलाललाई पार्टीमा स्वागत गर्नुभएको थियो । प्रवेश लगत्तै सभापति आचार्यले दुलाललाई नेपाली कांग्रेस काभ्रेको आमन्त्रित जिल्ला सदस्यमा मनोनित गर्नुभएको थियो । पाँचखाल भेगकै राम्रो नेता दुलाल कांग्रेस प्रवेश गर्नुले वाम गठबन्धनलाई ठुलो धक्का पुगेको छ । उनि सँगै भुम्लु गाउँ पालिकाका केन्द्का नेता रविन खातीको नेतृत्वमा समेत काँग्रेसमा प्रबेश भएको छ । त्यस्तै साठीघर भगवतीमा सोमबार भएको कार्यक्रममा पाँचखाल नगरका सदस्य एवं साठीघर वडा अध्यक्षका उम्मेदवार सोम बहादुर उदास सहित साठघिरका वडा सचिव एवं वडा सदस्यका उम्मेदवार पूर्णबहादुर मिजार, पूर्व वडा अध्यक्ष एवं वडा सदस्य उम्मेदवार रामबहादुर थापामगर लगायत माओवादीका सम्पूर्ण कार्यकर्ता काँग्रेस प्रबेश गरेको नेपाली काँग्रेस काभ्रेका सदस्य महेश पौडेलले जानकारी दिए  ।

आगन्तुक सबैलाई प्रतिनििध सभा क्षेत्र नं २ का उम्मेदवार मधु आचार्य, प्रदेशसभाका उम्मेदवार सुन्दरमणी आचार्य, नेपाली काँग्रेसका उपसभापति अच्युत पौडेल, पाँचखाल नगरका मेयर एवं काँग्रेसका नेता महेश खरेल लगायतले खादा, माला र अविर लगाएर स्वागत गरेका थिए ।

 

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: