महिला हिंसा सम्बन्धी तालिम सम्पन्न

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

बनेपा । अपाङ्गता भएका महिलाहरुलाई अपाङ्गता महिला हिंसा सम्बन्धी जानकारी दिने उद्देश्यले काभ्रे बहिरा विकास सीबीआरको आयोजनामा एकदिने तालिम शुक्रबार सम्पन्न भयो । शर्मिला मानन्धरले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा प्रशिक्षक कृष्णप्यारी नकर्मी, निर्मला कार्की, प्रेमकुमारी पौडेल लगायतले प्रशिक्षण दिनुभएको थियो । शारीरिक अपाङ्गता, बहिरा, दृष्टिविहीन अभिभावकहरु लगायत ३४ जनाको सहभागिता रहेको थियो । नेपाल अपाङ्गता महिला संघ काभ्रे शाखाका संयोजक विन्दा भुर्तेलले अपाङ्गता भएका व्यक्तिले थप हिंसा भोग्नुपरेको धारणा राख्नुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: