मलको हाहाकार कायमै

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

पाँचखाल । सरकारको अकर्मन्यताले हरेक वर्ष किसानहरु खेतीको समयमा मल प्राप्त गर्न नसक्दा मर्कामा परेका छन् । पाँचखाल–१, खावामा गत शनिबार कृषि सामग्री कम्पनीबाट स्थानीय चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थालाई २० बोरा मल प्राप्त भएको थियो । मल वितरण हुने थाहा पाएपछि करीब चार सय व्यक्ति लाइनमा बसेका थिए भने पाँच किलोको दरले मल वितरण गरिएको संस्थाका अध्यक्ष श्रीराम भारतीले बताउनुभयो । ‘आफूलाई तीन बोरा चाहिन्छ, तर पाँच किलो मात्र पाइयो’ कृषक कान्छी गिरी बताउँछिन् ।
खेतबारीमा मकैमा मल राख्ने बेला आयो । मल पाउन सकिएन, जुन सरकार आएपछि कानै चिरेको’ अर्की किसान माइली श्रेष्ठले बताइन् । मल वितरण हुन्छ भनेर लामबद्ध भएर बस्यौं । आफूसँग मल किन्न ल्याएको १६०० रुपैया हराएपछि बिलखबन्दमा परेको बताउँछिन् । देशमा जुनसुकै सरकार आए पनि किसानहरुले खेती गर्ने बेलामा सुलभ किसिमबाट मल बीउबिजन प्राप्त गर्न नसकेकोमा पाँचखालका किसान आक्रोशित बनेका छन् ।
– अञ्जु गिरी, प्रशिक्षार्थी पत्रकार

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: