मधेशी दलहरुसँग राजनीतिक दर्शन छैन

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

-सुभाष भट्ट

 मधेशवादी दलहरूको लामो इतिहास छैन । २०४७ सालमा प्रजातन्त्रको पूनः स्थापना पछि स्थापित सद्भावना पार्टीलाई नै पहिलो मधेशवादी पार्टीको रूपमा लिने गरिन्छ । सद्भावना पार्टीले नै सर्वप्रथम मधेशका मुद्दामा आफूलाई केन्द्रीत गर्दै संघीयतालाई मधेश स्वतन्त्रताको प्रमुख आधार मान्दै यसमा लगातार निरन्तर आवाज उठाएको पाइन्छ । तर अफसोच गजेन्द्र नारायणको विचारलाई मधेशवादको प्रमुख आधार मान्दै मधेशवादको माला जप्नेहरू सत्तामा चिप्केर मधेशी जनतालाई बार–बार धोका दिइरहेका छन् । खासगरी सत्ता पद र द्रव्यका लागी मधेशवादी दलहरू टुक्रिएको पाइन्छ ।

मधेशको पार्टीका रूपमा स्थापित सद्भावना पार्टी आफैमा आधा दर्जन भन्दा बढी टुक्रामा विभाजित भएर रहेको छ । सबै आफैलाई गजेन्द्र नारायण को उत्तराधिकारी सम्झन्छन् तर तिनीहरूको गतिविधिले यो कुरा बुझ्न गाह्रो पर्दैन कि तिनीहरू मधेशवादको नाममा आम मधेशी जनताका आँखामा छारो हालेर सत्ताको रसस्वापन गर्न तल्लिन छन् । जुन र जसको सरकार बनेता पनि आफ्नो हिस्सेदारी खोज्ने र मन्त्रिपद पाउनका लागि पार्टी नै चोपा पार्ने उनीहरूको विगतको इतिहासले प्रष्ट नै देखाउन । यसलाई विडम्बना नै भन्नुपर्छ । मधेशका सपूतहरूले विभिन्न आलोचनामा दिएको आहुुति र मधेशी जनताको लामो त्याग, बलिदान केवल सत्ताका लागि वार्गेनिङ गर्ने व्यक्तिका रूपमा रहेको छ । २०६३ को मधेश आन्दोलनले स्थापित गरेका तमलोपा र मधेशी जनअधिकार फोरम पनि विभाजनको मोडबाट अछुतो रहन सकेनन् । मजफो चार टुुक्रामा विभाजन भैसकेको छ भने तमलोपा पनि दुइ टुक्रा भएको छ । खासगरी काँग्रेस, एमाले र माओवादीमा छँदा साख गुमाएका मधेशी नेताहरूले ति पार्टीमा बसेर आफ्नो भविष्य नदेखेपछि मधेशी पार्टी स्थापित गरे, जसका आँखामा छारो पनि हाले । जनताले फेरी पनि विश्वास गरे तर विश्वास धेरै दिन टिकेन । जब काँग्रेस, एमााले स्कुलिङ भएका नेताहरू मन्त्रि बन्नका लाग तछाडमछाड गर्न थाले । पछिल्लो समयमा मजफो लोकतान्त्रिकमा देखिएको विवादले यो बुझ्न गाह्रो पर्दैन कि मधेशमा आफ्नो साख समाप्त भइसकेको नेताहरू नै पुनः केही गरी जनताका आँखामा धुलो हालेर आगामि चुनावमा पुनः विजयी बन्न सकिन्छ कि भन्ने सपना देख्दै गृहकार्य गरिरहेका छन् । विभिन्न विचारको राजनीतिबाट ओतप्रोत अहिलेका मधेशवादी भनिने नेताहरूको आफ्नो छुट्टै राजनैतिक वर्शन र कार्यक्रम छैन । निश्चित समयका लागि भिड जम्मा गर्ने र आफ्नो हातमा दाउ पार्ने उनीहरूको चरित्रले भोली उनीहरूको भविष्यमा प्रश्न चिन्ह खडा गर्ने देखिन्छ । सामन्ति चरित्रबाट दिक्षित मधेशवादी नेताहरूले जतिसुकै खाँटी प्रजातन्त्रको कुरा गरेता पनि मधेशवादी हुकुमी शैलीबाट आफै मुक्त हुन सकेका छैनन् ।

अपरिपक्कता उनीहरूको अर्को प्रमुख समस्या हो । समस्यालाई गम्भिरताका  साथ नलिने र हचुवाको भरमा अनावश्यक अभिव्यक्ति दिदै हिड्ने नेताहरूका कारण आज दिन प्रतिदिन मधेश बद्नाम हुुँदैछ भने अर्को तिर स्वयं मधेशी जनताबाट नै उनीहरू तिरस्कृत हुने सम्भावना बढेको छ । आज मधेशवादी दलका नेताहरूले विद्यमान समस्याको प्रमुख कारणमा खसव्राह्मणवादी चिन्तनलाई दोष दिएतापनि उनीहरू आफैमा त्यस प्रकारको चिन्तन छ । किनकी उनीहरू आफै भित्र शोषक र शोषित दुवै वर्ग पर्दछन् । सत्ता, लत्ता र भत्ता पचाउनेहरू शोषकहुन भने साँझ र विहान मुख जोर्नका लागि बदाम बेच्दै तरकारी बेच्दै हिड्ने मधेशी शोषीत वर्ग हुुन् । वर्गियताको तात्विक भिन्नतालाई पहिचान गर्नुु आम मधेशी समुदायको प्रमुख विषय बन्न गएको छ ।

(मधेश दर्पण फिचर सेवा)

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: