मणिराज कायस्थ रहनुभएन

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

आफूले काभ्रे उद्योग वाणिज्य संघलाई सेतो घरबाट बनेपाको चारदोबाटोमा ल्याएको दावी गर्दै गर्व गर्ने भीमकाय व्यक्तित्व मणिराज कायस्थको देहावसान भएको छ । हृदयाघातको कारण साउन २ गते मंगलबार देह त्याग गर्ने कायस्थका १ छोरा, १ छोरी र श्रीमती छन् । सामाजिक क्षेत्रका अगुवा कायस्थ जीवनको उत्तराद्र्धमा पनि उत्तिकै समाजसेवा, उद्योग व्यवसायमा सक्रिय हुनुहुन्थ्यो ।
सोमबार उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै काभ्रे उद्योग वाणिज्य संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ, काभ्रे, काभ्रे कोसेली घर सहकारी संस्थालि. ले एक शोकसभाको आयोजना ग¥यो । सभामा दियेशरत्न शाक्य, लोकविक्रम थापा, सुरकृष्ण वैद्य, सिद्धिबहादुर जोशी, रमेशकाजी श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, लता प्याकुरेल, उहाँका भाई शान्तिराज कायस्थले उहाँको जीवनी, योगदानका बारेमा चर्चा गरेका थिए । काभ्रे टाइम्स र रेडियो एबीसीका तर्फबाट स्वर्गीय कायस्थप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । काभ्रे टाइम्सले आगामी अंक साउन १६ गते मणिराजप्रति समर्पण गर्ने भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: