मणिभित्रको मणि

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

एउटा कुरा बुझ्नु छ पार्टीभित्रको जेहेन्दार व्यक्तिले
होस गरेर रहनु पार्टीभित्रै लुकेर रहेको गद्दारदेखि ।
योगदानलाई अवमूल्यन भई मनको चोटलाई अनन्त वेदना सहँदै पञ्चतत्वमा विलिन भई आफ्नो पूर्वज पितृ देवसँग मिलन र भावी सन्ततिर्लाइ प्रेरणाका स्रोत भई दिव्य आशीष सहित देहत्याग गर्नुहुने मणि बा प्रति यही शब्दका सुमन हृदयको धड्कनको संगीत लहरीदेखि समवेदना छ उहाँप्रति ।
साउन १ गते राति ११ बजेतिर उहाँ सुत्नु अगाडि पिसाब फेर्नुभयो । त्यतिबेला खोकी पनि आयो । त्यस बेलाको खोकी पहिलेको भन्दा भिन्नै थियो । मेरो मनमा यो बर्षादले गर्दा रुघाखोकी स्वभाविकै थियो । मनमा विचार आयो । फेरि राति १ बजेपछि भाइले बुबाले गाह्रो भयो भनी बार्दलीबाट मलाई भन्यो । मैले खोकीको औषधी खुवाएँ र पेट छातीमा मालिस गरिदिएँ । त्यसपछि डाक्टरसाहेब पनि आइ पुग्नुभयो । रक्तचाप ११०÷७० थियो । अस्पताल लाने सल्लाह दिनुभयो र एम्बुलेन्स बोलाएँ ।
उहाँ दुइटा भ¥याङ आफै भर्नुभयो र त्यसपछि सकिनँ सकिनँ मैले भन्नुभयो । मैले बोकेर एम्बुलेन्ससम्म पु¥याएँ । अस्पतालमा आकस्मिक उपचारमा पु¥याएँ, डाक्टरहरुको टोलीबाट जाँच गरियो । मुखमा अक्सिजन र तातो वाफ आउने मुखमा राखियो तर उहाँले फ्याँकी दिनुभयो । छातीको एक्सरे लिनलाई मुश्किल नै भयो र डाक्टरले औषधी लेखिदियो – स्थिति नाजुक हुँदै गयो । आँखा एउटा सानो र अर्को ठूलो भयो । पक्षघात भयो भन्यो र त्यसको १० मिनेटपछि मगजमा रगत पुगेन भन्यो । हुँदाहुँदै बिहानी ३ः१५ बजेदेखि बचाउँछु भनी प्रयास गर्दागर्दै करीब ४५ मिनेटको भित्र उहाँलाई मृत घोषित गरियो ।
श्रावण २ गते बिहान ४ बजे पछि आफन्त, इष्टमित्र सम्झेजतिmलाई खबर गरेँ । ५०० बजेपछि साइँली आमालाई घर पठाएँ । जिउँदो व्यक्ति लगेको तर मृत्यु पछि साथीभाई, दाजुभाई मिलेर उहाँको पार्थीव शरीरलाई घरसम्म पु¥याएँ । हिन्दु परम्परा अनुसार मलानी लाने तयारी भयो । विस्तारै आफन्तजन, इष्टमित्र जम्मा हुन थाले । काभ्रे उद्योग वाणिज्य संघले ठूलै सम्मान सहित जिउँदो हुँदोरी र मर्दा पनि उहाँभित्रको मणिलाई पुष्पाञ्जली सहित श्रद्धाञ्जलि दियो ।
त्यसपछि पार्टीको झण्डा ओढाइयो । बुझ्नेहरु सबैले बुझेका थिए कि पार्टीले गोहीको आँसु मात्र चुहाएको छ भनेर । चाहेको बेला पार्टी उपयोग, उपभोग ग¥यो मणिराज कायस्थलाई । पार्टीभित्र लुकेर अन्तर्घात गर्ने, कुटिल चाल चल्ने गद्दारहरुले मणिराजको मणिको सौन्दर्यलाई ओझेलमा पारिदियो । काभ्रे रेडक्रसको अधिवेशनमा पनि संकीर्ण स्वार्थ भएका मुठीभरका व्यक्तिहरुका कारणले उहाँको भित्री वेदना बल्झँदै गयो । धमिराले खाएको काठजस्तै पार्टीले दिएको चोट पनि उहाँको अवशानको कारण मध्ये एक हो । रेडक्रसको अधिवेशन पश्चात उहाँले ‘मैले पार्टीलाई गरेको योगदानको बदलामा मैले जिल्ला रेडक्रसबाट नै लेखेटिनु प¥यो भन्दै बारम्बार सुनाउनुहुन्थ्यो ।
मणिराज कायस्थको मणिलाई ओझेलमा पार्ने पार्टीले विस्तारै ठूलै मूल्य चुकाउनुपर्नेछ भविष्यमा । किनकि बनेपा र काभ्रेमा मणिराजजस्तो कर्मठ, जेहेन्दार, इमान्दार, सक्षम, सफल व्यक्तिलाई नै पार्टीले निम्नकोटीको व्यवहार गर्ने र चाहेको बेला प्रयोग गर्ने, नचाहेको बेला ढुंगा फ्याँकेको जस्तो फ्ँयाक्ने भनी बनेपा नगरभित्र चर्चाको विषयको बनेको छ । आफ्नो मात्र स्वार्थ पूरा गर्ने नेताहरुले झुठको खेती गर्दै घात, अन्तर्घात गर्ने पार्टी रणनीतिले गर्दा मणिराजको मणिको मूल्यांकन कहिले हुने ? मणिराज जस्ता पार्टी पीडितहरु अनगिन्ती छन् । पार्टी पीडितहरु होसियार खबरदार भएर भावी पुस्ताको बारे सोचेर वर्तमानलाई सुरक्षा गर्दै जीवन जीउने कलामा अग्रसर हुनुहोला । किनकि नेताले चुनावको बेला मात्र सोच्दछन् ।

-सौरभराज कायस्थ (पार्टी पीडितको भतिजा)

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: