मञ्जुश्रीको छैठौं साधारणसभा

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

उग्रतारा । युवाहरुको पहलमा स्थापित मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लि.को छैठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । साधारण सभामा बोल्नुहुँदै प्रमुख अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि सहकारीहरुको ठूलो योगदान रहेता पनि राज्यले त्यसतर्फ सही सम्बोधन गर्न नसकेको चर्चा गर्नुभयो । वर्तमान समयमा धेरै सहकारी संस्थाहरु नाफामुखी रुपमा संचालित रहेकोमा सहकारीको वास्तविक उद्देश्य सदस्यमुखी हुनुपर्नेतर्फ उहाँले जोड दिनुभयो ।
संस्थाका अध्यक्ष रुपकुमार श्रेष्ठको सभापतित्वमा भएको साधारण सभामा राष्ट्रिय सहकारी बैंक व्यवस्थापन समूहका सदस्य कृष्णप्रसाद तिमल्सिना, जिल्ला सहकारी संघका सदस्य सिद्धिबहादुर जोशी, पिपुल्स साकोसका अध्यक्ष राजन सापकोटा, संस्थाका सल्लाहकार एवं जिल्ला सहकारी संघका कोषाध्यक्ष जितेन्द्र नकर्मीले सहकारीको महत्वबारे बोल्नुभएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन शरणकुमार मानन्धरले, आर्थिक प्रतिवेदन अशोक श्रेष्ठ, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक पवन जस्पाऊले प्रस्तुत गर्नुभएको थियो । संस्थामा हाल ५५८ सदस्य रहेका छन् भने शेयर पूँजी ५४ लाख ६७ हजार ३०० रहेको छ । संस्थाले आव २०६९÷०७० का लागि ६ करोड ७३ लाख बराबरको बजेट तर्जुमा गरेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: