भूमे माविका पूर्व विद्यार्थीको सम्पर्क मञ्च

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

बनेपा । सरम्थलीस्थित भूमे माविका पूर्व विद्यार्थीहरुको शनिबारको भेलाले १५ सदस्यीय भूपू विद्यार्थी सम्पर्क मञ्च गठन गरेको छ । जसमा अध्यक्ष सूर्यजीत लामा, उपाध्यक्ष रहरसिं तामाङ, सचिव दुर्गालाल तामाङ, सह सचिवमा महेश पन्त, कोषाध्यक्षमा तारालक्ष्मी पन्त सदस्यहरुमा मनोज पन्त, कमल पन्त, दीर्घ सिं लामा, पासाङ माया तामाङ, नविना लामा, मोहन पन्त, प्रमिला पन्त (सोती), यमन माझी, रमेश पौडेल र बालकृष्ण श्रेष्ठ रहेका छन् । विद्यालयको स्वर्ण महोत्सवलाई सहयोग पुग्ने र पूर्व विद्यार्थीहरुको पहिचान, भूमिका र विद्यालयप्रति उनीहरुको निरन्तर सहयोगको उद्देश्य राखी १७ औं व्याचसम्मका पूर्व विद्यार्थीहरुको भेला आयोजना गरिएको प्रधानाध्यापक विरनन्द लामाले बताउनु भएको छ । कार्यक्रम विद्यालयका पूर्व प्र.अ. तथा जिल्ला शिक्षा कार्यालय काभ्रेको स्रोतव्यक्ति इन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रेशमबहादुर तामाङको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा पूर्वशिक्षक तथा स्रोत व्यक्ति प्रेम लामा र पूर्व शिक्षक तथा प्रहरी निरीक्षक विष्णुप्रसाद सोतीले बोल्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: