‘भारत नेपालको सदा हित चाहन्छ’

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

धुलिखेल । नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालमा शान्ति स्थापना भई नेपालीहरु खुशी भएको आफूले हेर्न चाहेको बताउनुभएको छ । भारतको ६६ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयको आयोजनामा धुलिखेलमा सम्पन्न भएको कार्यक्रममा राजदूत जयन्तले सदियौंदेखि रहँदै आएको दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनाउन आफू सदैव चिन्तित रहेको बताउनुभयो । भारतीय राजदूतले केहीबेर नेपाली भाषामा आफ्नो भाषण गरिरहँदा तालीले कार्यक्रम स्थल अझै रोमान्चित बनेको थियो । नेपाल भारत मैत्री संघको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्याल, जिल्ला प्रहरी प्रमुख सुरेन्द्र मैनाली, नेृपाल भारत बीचको सम्बन्ध प्रगाढ बनाउने विशिष्ट व्यक्तिहरु लगायत पत्रकार को बाक्लो उपस्थिति रहेको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: