भानु जयन्तीमा सम्मान

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

धादिङ । १९९ औं भानुजयन्तीको अवसरमा धादिङ साहित्य समाज तथा भानु प्रतिष्ठानको आयोजनामा नेपाली भाषा साहित्यको उत्थानका लागि निरन्तर उल्लेखयोग्य सेवा पु¥याउँदै आएकोमा साहित्यकार तथा जनमतका प्रधान सम्पादक मोहन दुवाललाई एक साहित्यिक समारोहका बीच प्रा.डा. मोहन तिमल्सिनाले असार २९ गते सम्मान गर्नुभयो । उक्त अवसरमा जनमतको धादिङ साहित्य विशेष १७९ अङ्क पनि सार्वजनिक भयो । भानुभक्तद्वारा लिखित रामायण वाचन गरी प्रतियोगितात्मक कविगोष्ठी समेत भएको साहित्यिक समारोहमा जिल्ला न्यायाधीश सहदेवप्रसाद बास्तोला, प्रा.डा. रामचन्द्र लम्साल, राममणि दुवाडी, नवराज लम्साल, नवीनबन्धु पहाडी, हरि खनाल, हरिबहादुर बस्नेत, जिपी ढुङ्गेल, रामनाथ ढकाल लगायतका वक्ताहरुले साहित्यकार दुवाल र जनमतको उत्कृष्टताबारे चर्चा गरेका थिए । कार्यक्रम धादिङ साहित्य समाजका अध्यक्ष डिल्लीरमण शर्मा अज्र्यालको सभापतित्वमा भएको थियो ।
त्यसैगरी भानु जयन्तीकै अवसरमा महानन्द सापकोटाा वाङमय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना ग¥यो । वरिष्ठ कथाकार धु्रव सापकोटाको प्रमुख आतिथ्य र वरिष्ठ पत्रकार हरि अधिकारीको विशिष्ट आतिथ्यमा संचालित कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष लक्ष्मण सापकोटाले गर्नुभएको थियो । लोकगायक मच्छेश्वर सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा रमेश पौडेल, छविलाल हुमागाईं, विष्णु सापकोटा, भीम न्यौपाने, दीपक लगायत लगायतले मन्तव्य राख्नुभएको थियो भने एक दर्जन भन्दा बढी कविकवयित्रीहरुले कविता वाचन गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: