ब्लड डोनर्स एशोसियसनको प्रथम साधारण सभा

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

बनेपा । ब्लड डोनर्स एशोसियसन नेपाल काभ्रे शाखाको प्रथम साधारण सभा शनिबार सम्पन्न भयो । केन्द्रीय अध्यक्ष रमेशध्वज बस्नेतको प्रमुख आतिथ्य र शाखा अध्यक्ष धर्मभक्त प्रधानको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जन, नेरेसो काभ्रे शाखाका मन्त्री विश्वनाथ ताम्राकार, सल्लाहकार ओतबहादुर खड््का आदिले रक्तदानको महत्वबारे बोल्नुभएको थियो ।

सभाले राजु शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्ष कृष्णकुमार केसी, सचिव गणेशकुमार रञ्जित, कोषाध्यक्ष माधवनारायण श्रेष्ठ, सहसचिव रामनारायण श्रेष्ठ, सदस्यहरुमा शान्तकुमार श्रेष्ठ, माधव श्रेष्ठ, पुरुषोत्तम भालु श्रेष्ठ, सम्झना श्रेष्ठ, प्रज्वल प्रधान, मनोज भैल रहेका छन् । शाखाले विश्व रक्तदाता दिवसको अवसरमा जेठ ३२ गते जनचेतनामूलक ¥यालीको समेत आयोजना गर्दैछ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: