बोलबम

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

– डा. सुमनराज ताम्राकार
बोलबम ! खै, उत्तर आएन नि ? म भन्दैछु, बोलबम !
बोलबम ! बोलबम !!
हो ऽ भर्खर सुनेँ, तपाईंहरुको प्रत्युत्तर ।
गाईजात्रा पर्व सापारु अर्थात् भाद्र कृष्ण परेवादेखि नौ दिनसम्म मनाइन्छ । त्यसैले पनि जनैपूर्णिमादेखि मनाइने यो पर्वलाई नेवारीमा गुन्हीपुन्ही भनिन्छ । यो लेख अलि हाँस्यरसमा लेखिएको छ । र, अलि घोचपेच गर्न छुट छ । तर पनि टेलिभिजन सिरियल वा चलचित्रको शुरुमा भनिए वा देखाइए जस्तै यो लेख कसैलाई वा कुनै समूहलाई लक्षित गरी लेखिएको होइन र कसैलाई वा कुनै समूहलाई चोट पु¥याउने हेतुले लेखिएको हैन । यसो हुन गएमा क्षमा चाहन्छु ।
अँ म लेख्न थाल्दैछु बोलबमबारे । अहिलेसम्म नेपालमा धेरैजसो कुराका लागि दक्षिणतिर भर पर्नु परेको छ । कृषकहरुको लागि अति महत्वपूर्ण मनसुनी हावा जस्तै दक्षिणतिरबाट नै बोलबमको चलन विगत चार, पाँच वर्षदेखि यतातिर भित्रिएको हो भन्ने मेरो ठम्याई छ । गत जेठ १४ गते बहुप्रतिक्षित संविधान नपाकेदेखि बेरोजगार अनि अत्यन्त छटपटिमा रहेका हामीमध्ये धेरैजसो असार लागेदेखि खेतमा, रोपाईंमा, मलको लाईनमा, सरकार अनि नेतालाई सराप्न व्यस्त थियौं भने साउन लागेदेखि भने अर्कै खाले काममा व्यस्त छौं, विशेषतः सोमवारको दिन । खुलस्त नै भनौं, कोही बोलबम कहाँ कहाँ हुँदैछ थाहा पाउन, कोही त्यसमा सहभागी हुन भने कोही यसको योजना बुन्न अथवा तालिका बनाउन व्यस्त छन् । त्यसो त यो लेख छापुन्जेल एउटा मात्र सोमवार बाँकी छ ।
धर्म मान्नुपर्छ । यसप्रति आस्था राख्नुपर्छ । यसमा कसैको पनि दुइमत छैन होला । तर दिनभरको टन्टलापुर घाममा वा साउने झरिमा क्रमशः सेकिए कारण वा रुझिए कारण आÏनो स्वास्थ्यमा पर्न जाने असरप्रति ध्यान पु¥याउन जरुरी छ । मेरो मतलब हाम्रो बानी छुट्या छ, लामो बाटो हिँड्ने त्यो पनि खाली खुट्टामा । यो भन्दा अघिका सोमवारमा बोलबम बोलबम भन्दै हिँड्नेमा कतिपय मेरा बिरामीहरु पनि थिए । उहाँहरुलाई असजिलो पर्ला भनेर आपैंmले नदेखे भैंm गरें ।
त्यसदिन बेलुका कति जनाले तेल घसाए होला ? कतिको पैताला पोल्ने समस्या भयो होला ? घामको पोलाईले गर्दा कतिको सन बर्न भयो होला ? म अनुमान मात्र लगाउन सक्छु । मलाई शंका छ, उहाँहरु अर्थात् बोलबमका सहभागीहरुले यथेष्ट मात्रामा जीवनजल वा नुन चिनी पानी पिए पिएनन् ? घामबाट बच्न सन क्रिम लाए लाएनन् ? वर्षात्को रुझाईले कति जना त भोली पर्सी पल्टसम्म पनि रुघाखोकी लाग्यो, ज्वरो आयो, जिउ दुख्यो भनि औषधि किन्न आइरहेका थिए ।
ग्यास्ट्राइटिस, पेटको अल्सर अनि माइग्रेन खालको टाउको दुखाई हुने अनि मधुमेह, उच्च रक्तचाप, मृगौला, मानसिक जस्ता जीर्ण प्रकारका रोग लागेकाहरुले औषधि खाए खाएनन्, त्यो पनि शंकै छ । युरिक एसिड, बाथका कारण जोर्नी दुख्ने समस्या भएकाले पनि औषधि खान छुटाउन हँुदैनथ्यो ।
विगतको सशस्त्र द्वन्द्वका कारणले सिर्जित चरम असन्तुष्टी अनि अलि अलि शान्ति र संविधान पनि समयमा नबनेका कारण देशको विद्यमान परिस्थितिले गर्दा पनि मानिसहरुमा चिडचिडाहटपन (इरिटेशन) छ । त्यसैले पनि आजकल मानिसहरु कुनै पनि कुरामा (विशेषतः अप्रिय घटना हुँदा) चाँडै उत्तेजनामा आई (एग्रेशिभ भई) हाल्छन् । यस्तो अवस्थामा मानिसहरुले चाहने मानसिक शान्ति नै हो । यसैका लागि पनि मानिसहरु विभिन्न किसिमका धार्मिक कार्य अनि वैकल्पिक उपायहरुमा लागीरहेका छन् । यस्तै मध्ये बोलबम पनि एक हो ।
साँचो कुरा के पनि हो भने यी क्रियाकलापहरुले तत्क्षण स्वास्थ्य समस्यामा कुनै त्यस्तो चमत्कारिक सुधार देखिँदैन । र, हर्ट एट्याक, बेहोश, अति सिकिस्त हुने स्वास्थ्य समस्या र शल्यक्रिया (सर्जरी) चाहिने स्वास्थ्य समस्यालाई त एलोपेथिक स्वास्थ्योपचार बाहेकले कामै गर्दैन भने पनि हुन्छ । सबभन्दा दुखद पक्ष त जीर्ण प्रकारका रोगहरुको लागि खाइरहेको र नियमित खाई नै रहनपर्ने औषधि चाहिँ एक्कासी छोड्नु भएन भन्ने मात्र हो । होला कसै कसैलाई यी कार्यमा लाग्दा समयक्रममा फाईदा हुँदै गयो तर सबैलाई हुन्छ भन्ने ग्यारेन्टी चाहिँ छैन जस्तो लाग्छ ।
अर्को समस्या के पनि छ भने मेडिकल डाक्टरले दिएको सल्लाह चाहिँ टेरपुच्छर नलगाउने तर टिभी अगाडि बसेर वा कुनै धार्मिक प्रवचन सुनेर स्वामी महाराजले भने भने जस्तो गर्ने चाहिँ अचम्म लाग्दो छ । मेडिकल डाक्टरले पनि भनिरहेका हुन्छन् शारीरिक तौल नियन्त्रण, व्यायाम गर्न, स्वस्थ्य खानपान गर्न तर पनि जङ्की फुड, फास्टफुड, पार्टी भोज अनि मदिरापानमा बढी ध्यान छ । धन्य मापसे विरुद्धको अभियान चहिरहेको छ ।
बोलबम, साई, अध्यात्मिक चिन्तन, पतंजली, ब्रम्हकुमारी राजयोग संलग्न हुनु, योग विपश्यनामा जानु, क्रिश्चियन धर्म अँगाल्नु प्रति कुनैमा पनि मेरो कति पनि आपत्ति छैन । दशैं तिहार अनि जात्रा पर्व लगायतका आÏनो संस्कार, संस्कृति चालचलन रीतिरिवाजलाई पनि उत्तिकै मन दिएर यी क्रियाकलापमा लागेको भए वेश हुन्थ्यो भन्ने मेरो आशय हो । परापूर्वदेखि चलि आएका सांस्कृतिक चलनहरुमा हाम्रो सहभागिता घट्दो छ भने यी नौला कार्यकलापहरुमा विगत केही वर्ष देखि आकर्षण ह्वात्त बढ्दो छ । चिन्ताको विषय त्यहि हो ।
अन्त्यमा, म सकारात्मक सोचमा विश्वास राख्ने व्यक्ति हुँ । बोलबमको पछिल्लो अभियानमा राम्रो पक्ष पनि देख्छु । त्यसो त काभ्रेमा पर्यटनको लागि प्रख्यात ठाउँहरु छन् । बिस्तारै ईन्द्रेश्वर, धनेश्वर, कैलाश महादेव, गौखुरेश्वरसम्म जान थालेको बोलबम यात्रा भविष्यमा भालेश्वर, फड्केश्वर, लड्केश्वर, आशापुरेश्वर, दोलालेश्वर, कुशेश्वरसम्म पनि बोलबम बोलबम भन्दै सोझिएला भन्ने आशा छ । हेल्थ टे«क बनाउन सघाउ पु¥याइरहेका छन् । पत्रपत्रिका, टिभी च्यानलहरुबाट अन्यत्र तिर पनि प्रचार गर्न सकेको भए जिल्लावासीलाई फाईदै पुग्थ्यो कि भन्ने मेरो अनुरोध हो । बोलबमका साथै आÏनो स्वास्थ्यको ख्याल राख्नुहोला ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: