बेल्ट प्रोमोशन ग्रेडिड्ड सम्पन्न

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

नेपाल सितेरियो सोबुकान कराँते काभ्रे शाखाले प्रथम जिल्लाव्यापी बेल्ट प्रोमोशन ग्रेडिङ्ग कार्यक्रम हालै सम्पन्न गरेको छ । जिल्ला शाखाका अध्यक्ष सौरभराज कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा काभ्रेका टेक्निकल प्रमुख नवराज मानन्धरले विभिन्न उमेर समूहका १७ महिला र ४८ पुरुष ४८ गरी जम्मा ६५ खेलाडीहरुको ग्रेडिङ्ग गर्नु भएको थियो । स्कूलका विद्यार्थीदेखि ५२ वर्षसम्मका खेलाडीहरुले सेतोदेखि खैरो सिनियर बेल्टसम्म बढावा पाएका थिए । कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बलका उपरीक्षक चिरञ्जिवी कुँवर हुनुहुन्थ्यो । कार्यक्रममा केन्द्रीय प्रशिक्षक संघरत्न महर्जन, सहायक प्रशिक्षक सज्जन श्रेष्ठ, एमाले बनेपा अध्यक्ष लक्ष्मीनरसिंह वादे, युवा संघ बनेपा नगर कमिटीका रत्नकुश रन्जित, भूतपूर्व खेलाडी निर्मल खड्का र इन्जिनीयर दिनेश गोथेले आ–आफ्नो मन्तव्य राखेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: