बुथ कब्जा गर्नेलाई निरुत्साहित गरिने छ ः प्रम देउवा

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

काठमाडौँ प्रतिनिधि

 प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि भयरहित वातावरणमा मतदान गर्ने ब्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन दिदै उनले भने, ’सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ, यस कार्यमा कसैसित सम्झौता हुँदैन ।’ गृहमन्त्रालयद्वारा सोमबार आयोजित प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाइ जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रुपमा मतदान गर्ने वातावरण बनाउन निर्देशन दिए ।

          प्रदेश नम्बर तीनको सुरक्षा गोष्ठीलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै देउवाले चुनाव विरोधी गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सुरक्षा निकायका उच्चअधिकारीलाई  भने ।निर्वाचनमा हुने बुथ कब्जा लगायतका अवाञ्छित गतिविधि निरुत्साहित गर्न भरपर्दो सुरक्षा व्यवस्था आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई थियो । यसैबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश नं ३ का सुरक्षा निकाय प्रमुख सहभागी सुरक्षा गोष्ठी भएको छ । गोष्ठीमा सबै जिल्लाका सुरक्षा अधिकारीले सुरक्षाको अवस्था, चुनौती र समाधानका उपायका बारेमा जानकारी समेत गराएका थिए । सहभागीले प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखले समग्रमा विभिन्न समूह, अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा मुख्य चुनौती रहेको अवगत गराउँदै चुनौतीलाई समाधान गर्न सुरक्षा रणनीतिको सर्तकता अपनाइएको जानकारी दिए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न बनाइएको सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, निर्वाचन सुरक्षामा देखिएको चुनौती, समस्या र समाधानको उपाय खोज्ने सन्दर्भमा छिमेकी जिल्लाको कार्यनीति र व्यवस्थापनको बारेमा अनुभव आदानप्रदान समेत भएको थियो ।

प्रदेशनम्बर ३ अन्तर्गत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला पर्दछन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा जारी गोष्ठीमा प्रदेश नं ३ का प्रमुख जिल्ला अधिकारी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सहभागी थिए  ।

सुरक्षा चुनौती बढ्यो ः प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले सुरक्षा चुनौती बढेको भन्दै सचेत र सुरक्षित हुन सबैलाई आग्रह गर्नुभएको छ । काभ्रेको धुलिखेलमा दृष्टिविहीन नागरिकसँग मंगलबार भएको अन्तक्रिया एवं मतदाता शिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले उम्मेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले निर्वाचनका लागि सम्पुर्ण सुरक्षा व्यवस्था मिलाइने भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।

नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले दृष्टिविहिन नागरिकका लागि विद्युतीय मतदान प्रक्रिया सरकारले ल्याउन नसकेकोमा दुखेसो पोख्नुभयो । देशभरका ६९ जिल्लाबाट आएका ८२ जना नेत्रहिन संघ जिल्ला शाखाका अध्यक्ष एवं प्रतिनिधिहरुलाई निर्वाचन आचारसंहिता, नागरिकको भुमिका, मतदान र मतगणना प्रक्रिया लगायतका विषयमा प्रशिक्षित गराइएको काभ्रेका जिल्ला निर्वाचन अधिकारी मधुकर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: