छोटा कविताहरू -घमण्डी कवि

प्रकाशित मिती : आइतवार, जेष्ठ २१, २०६९ by   ·   Comments

० मोहन दुवाल

कस्तो घमण्डी कवि

कस्तो अप्ठ्यारो कवि

आफ्नो प्रशंसा आफै गर्न

रुचाउने अनौठा कवि

आत्मा प्रशंसाका भोको

पारखी कवि,

देवकोटा, रिमाल, भूपिभन्दा

आफ्ना मनका ठूला कवि,

उत्कृष्ट कवि भनाउने

उनको चाहनाभित्रका कवि,

केले गरायो उनलाई

यस खालका अनौठा कवि

यस्तो कुरा कसले सिकायो

हामीलाई पनि भन न कवि

मलाई त लाग्छ

कविलाई कसैले होइन

उनकै कविले यस्तो

अद्भूतको कवि बनाउने ।

 

यस्तै यस्तै त होलान् …

पूर्णदाइको कष्ट

रामदाइलाई

थाहा छैन होला …. ?

रामदाइको मनको कुरो

पूर्णदाइले सुनेनन् होला … ?

मान्छेको अर्थ

यस्तै यस्तै त होलान् … !

 

त्यसलाई नै थाहा होला

उसले बत्ती

निभाएजस्तो छ –

किन होला ?

आफूलाई

नदेखाउन होलान् … !

किन यस्तो गरेको होलान् ?

त्यो त उसलाई मात्र

थाहा होला ।

 

उफ्रेर कतै गयो

विरालो रोइरहेछन्

आज पनि हिजोजस्तै

मुसाहरु डराएर

प्वालभित्र लुकिरहेछन्

किन होला … ?

मैले बुझिनँ …

मलाई देख्नासाथ

बिरालो रुन छाडेर

उफ्रेर कतै गयो ।

 

हामी

म छु

तिमीहरु छौ

सबै भएर नै

हामी छौं ।

3
'

Comments

  1. Sharada Pathak says:

    sahityakarharu normal manchhe bhanda pharak hunchhan bhanne malai pani lageko chha

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: