बिन्धबासिनी सहकारी एशियन स्तरको

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

जनागाल । बिन्धबासिनी वचत सहकारी संस्था लि. एशियन स्तरको सहकारी संस्था भएको छ । एशियन ऋण महासंघले गरेको एक्शेस अडिट ब्राडिङ्ग कार्यक्रममा नेपालबाट भाग लिएका सहकारी संस्थाहरु मध्ये बिन्धबासिनी सहकारी संस्थाले सबैभन्दा बढी नम्बर प्राप्त गर्न सफल भएको कुरा उक्त संस्थाको क्षेत्रीय अन्तर समिति जनागल बनेपाले शनिबार आयोजना गरेको समूह संयोजक भेलामा संस्थाका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि रामहरि शर्मा तिमल्सिनाले बताउनु भएको थियो । उहाँले यही सेप्टेम्बर महिनामा फिलिपिन्समा हुने अक्कु फोरमले बिन्धबासिनी सहकारी संस्था लगायत नेपालका ५ वटा सहकारी संस्थालाई एशियन स्तरको सहकारी संस्था भएको प्रमाण पत्र प्रदान गर्ने छ ।
क्षेत्रीय अन्तर समितिका संयोजक कृष्णकुमार केसीको सभापतित्वमा भएको उक्त भेलामा संस्थाका संचालक सदस्यद्वय सुशीला बादे कतिला, सूर्यनारायण नापित, शिक्षा उपसमिति सदस्य प्रकाशबहादुर कायस्थ लगायतले संस्थाको गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो । संस्थाका केन्द्रिय कार्यालयका मित्रप्रसाद दाहालले १५ हजार सदस्यलाई सेवा दिई संस्थाले ६० करोड कारोबार गरेको प्रगती प्रस्तुत गर्नु भएको थियो भने कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठले बनेपा क्षेत्रको प्रगती र आगामी ३ वर्षको त्रीवर्षिय व्यबसायिक कार्ययोजना प्रस्तुत गर्नु भएको कार्यक्रम आयोजक समितिका कोषाध्यक्ष मोहनप्रसाद होमागाईले संचालन र स्वागत मन्तव्य सचिव नन्दलाल शर्माले गर्नु भएको थियो ।
यसैगरि उक्त संस्थाको ढुंखर्क, खोपासी र पाँचखाल क्षेत्रीय अन्तर समितिहरुमा पनि २ गते शनिबार नै संयोजकहरुको भेला भएको संस्थाले जनाएको छ । ती भेलाहरुमा संस्थाका पदाधिकारीहरु एवं कर्मचारीहरुले संस्थाको गतिविधि र भावी कार्ययोजनाका बारेमा चर्चा गर्नुभएको थियो । स्मरणीय होस् बिन्धबासिनी सहकारी संस्थालाई यस अघि अक्कुले क्यूमी अन्तराष्ट्रिय अवार्ड प्रदान गरी सकेको छ ।
– रमेशप्रसाद न्यौपाने

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: