बिन्धबासिनीमा संयोजकहरुको भेला

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

पनौती । बिन्धबासिनी वचत सहकारी संस्था लि. क्षेत्रीय अन्तर समिति पनौती अन्तर्गतका समूह संयोजकहरुको भेला शुक्रबार संस्थाका अध्यक्ष प्रदिप थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । भेलामा मन्तव्य व्यक्त गर्नुहँुदै अध्यक्ष थापाले सदस्यहरुलाई दिएको सेवा सुविधाका कारण दक्षिण एशियामानै बिन्धबासिनी उत्कृष्ट संस्था हुन सफल भएको बताउनु भएको थियो भने संस्थाका सचिव रामशरण भण्डारीले व्यावसायिक कार्य योजना र कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम र त्रिवर्षिय रणनीतिका बारेमा बताउनु भएको थियो ।

कार्यक्रमका सभापति क्षेत्रीय अन्तर समितिका संयोजक रमेशप्रसाद जंगमले आगामी असोज २० गते संस्थाको १९ औं साधारण सभा पनौतीको सिरानचौरमा हुने भएकोले त्यसलाई भव्य रुपमा सफल पार्नको लागि सबैले सहयोग गर्न अनुरोध गर्नु भएकोे उक्त भेलामा संचालक सदस्य समिति बञ्जारा, लेखा समिति सदस्य रामकुमार श्रेष्ठ, पुष्परञ्जन नेवा, चन्द्रलक्ष्मी ताम्राकार, मौसमी उपाध्याय, बुद्धरत्न बुद्धाचार्य, सिता विक लगायतले संस्था गतिविधि र भावी कार्यक्रमका बारेमा चर्चा गर्नु भएको थियो । सह व्यबस्थापक मोहनप्रसाद वाग्लेले १५ हजार सदस्यलाई सेवा दिई संस्थाले ६० करोड कारोबार गरेको प्रगती प्रस्तुत गर्नु भएको थियो भने कार्यालय प्रमुख तीर्थलाल जाकीबञ्जारले पनौती क्षेत्रको प्रगती र आगामी ३ वर्षको त्रीवर्षिय कार्ययोजना प्रस्तुत गर्नु भएको कार्यक्रम आयोजक समितिका सचिव रघुनाथ हुमागाईले संचालन गर्नु भएको थियो । क्षेत्रीय अन्तर समिति र समूहको अवधारणाबाट लघुवित्त कार्यक्रम समेत संचालन गरी नेपालको सहकारी क्षेत्रमा छुट्टै पहिचान बनाएको उक्त संस्थाको ढुंखर्क, खोपासी, पाँचखाल र बनेपा जनागाल क्षेत्रीय अन्तर समितिहरुको भदौ २ गते यस्तै समूह संयोजक भेलाहरु हुन लागेको संस्थाले जानकारी दिएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: