बिन्धबासिनीको सहकारी शिविर

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

बनेपा । अन्तरराष्ट्रिय सहकारी वर्षको उपलक्ष्यमा बिन्धबासिनी वचत सहकारी संस्था लि क्षेत्रीय अन्तर समिति जनागाल बनेपाले यस वर्ष सदस्यता पाएका एक सय २० जना सदस्यहरुलाई शनिवार सहकारी शिक्षा प्रदान गरेको छ । संस्थाका अध्यक्ष प्रदीप थापाले उद्घाटन गर्नु भएको उक्त शिविरमा सहकारी, बिन्धबासिनी संस्थाको अवधारणा, नीति नियम, बचत तथा ऋण सेवा, संस्थाले सदस्यहरुलाई प्रदान गर्ने राहत कार्यक्रम, संस्थाको सफलताहरु, भावी कार्यक्रम तथा योजनाका बारेमा शिक्षा उप समितिका सदस्यहरु रमेशचन्द्र कर्माचार्य, सुन्दर श्रेष्ठ र प्रकाशबहादुर कायस्थले प्रशिक्षण दिनु भएको थियो ।
क्षेत्रीय अन्तर समितिका संयोजक कृष्णकुमार केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्था उपाध्यक्ष एवं शिक्षा उप समितिका संयोजक रामहरि शर्मा तिमल्सिनाले कार्यक्रको औचित्यताका बारेमा बोल्नु भएको थियो भने व्यबस्थापक केवि लामाले संस्थाको एकमुष्ट प्रगति विवरण प्रस्तुत गर्नु हँुदै संस्थामा १४ हजार सात सय ३१ सदस्यहरुबाट ५६ करोड ६५ लाख कारोबार भएको र कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठले बनेपा क्षेत्र अन्तर्गत ५३ सय ४८ सदस्यहरुबाट १६ करोड २० लाख कारोबार भएको बनेपा क्षेत्रको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । उक्त संस्थाले गत जेठ १५ र २७ गते क्रमश पनौती र खोपासी यस्तो सहकारी शिबिर संचालन गरेको थियो भने आगामी २३ गते पाँचखालमा शिबिर संचालन गर्न लागेको छ ।
संस्थाले अन्तराष्ट्रिय सहकारी वर्षलाई लक्षित गरि यस वर्ष सदस्यता पाएका करिव पाँच सय सदस्यहरुलाई सहकारी सदस्य शिक्षा शिविर प्रदान गर्न लागेको संस्थाका संचालक सदस्य एवं प्रचार प्रसार उप समितिका संयोजक सूर्यनारायण नापितले जानकारी दिनु भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: