बिन्धबासिनीको लघुवित्त गोष्ठी

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

खोपासी । बिन्धबासिनी बचत सहकारी संस्था लि.को आयोजनामा लघुवित्त सम्बन्धी एकदिने गोष्ठी शनिबार सम्पन्न भयो । कार्यक्रममा दिइएको जानकारी अनुसार सो संस्थाले लघुवित्त कार्यक्रमबाट गत आर्थिक वर्षमा ६९ लाख ८२ र यस वर्ष २१ लाख रुपैया गरी हालसम्म ९१ लाख रुपैया आम्दानी गर्न सफल भएको छ । कार्यक्रममा बोल्नुहुँदै सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केशव भट्टराईले लघुवित्त कार्यक्रमबाट गरिवी घटाउन सहयोग पुग्ने भएकोले देशभरीका सहकारी संस्थाहरुले लघुवित्त कार्यक्रम संचालन गर्नुपर्ने कुरा औंल्याउनुभयो । कार्यक्रममा प्रगति प्रतिवेदन पेश गर्नुहुँदै व्यवस्थापक केबी लामा स्याङतानले लघुवित्ततर्फ १ करोढ २० लाख ४७ हजार ८ सय शेयर पूँजी, एक हजार एकसय एक समूह रहेको जानकारी दिनुभयो । लघुवित्त कार्यक्रम जिल्लाको दुई नगरपालिका र १८ गाविसमा २१९ केन्द्र मार्फत् संचालित रहेको छ । संस्थाका अध्यक्ष प्रदीप थापाको सभापतित्वमा भएको कार्यक्रममा मन्त्रालयका सहसचिव सुदर्शन ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि केसी लगायतले बोल्नुभएको थियो ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: