बिन्धबासिनीको पलाञ्चोकमा सेवा केन्द्र पलाञ्चोक

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

 

काभ्रे जिल्लाभरी कार्य क्षेत्र रहेको बिन्धबासिनी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा विस्तारको क्रममा काभ्रेको प्रसिद्ध तिर्थस्थल पलाञ्चोक भगवती मन्दिर परिसरमा शनिबार देखी सेवा केन्द्र  संचालनमा ल्याएको छ ।

स्थानीय गैरीगाँउ धन्द्रे भिमसेन वचत तथा ऋण सहकारी संस्थालाई एकिकरण गरे पश्चात त्यहाँ रहेको सदस्यहरु  र आसपास क्षेत्रमा सेवा विस्तार गर्ने उद्देश्यका साथ बिन्धबासिनी सहकारी संस्थाले क्षेत्रिय अन्तर समिति कार्यालय पाँचखाल अन्तर्गत रहने गरी पलाञ्चोक सेवा केन्द्र स्थापना गरेको हो । सेवा केन्द्रको उद्घाटन गर्नुहुदै संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष भरतप्रसाद शर्माले बिन्धबासिनी सहकारी संस्थाले ग्रामिण क्षेत्रका जनताहरुलाई लक्षित गरि सेवा संचालन गर्दै आएको र सहकारीको मार्फतबाट गरिबि हटाउन सकिने विचार व्यक्त गर्नु भएको थियो ।  कार्यक्रमका विशेष अतिथि संस्थाका अध्यक्ष प्रदिप थापाले संस्था स्थापना भएको २५ वर्ष प्रवेशको अवसरमा उक्त सेवा केन्द्र स्थापना गरिएको र  सेवा केन्द्रले साविकमा रहेको साठीघर, खरेलथोक र कोशिदेखा गाविसका जनताहरुलाई  सेवा दिइने जानकारी दिनु भएको थियो । क्षेत्रिय अन्तर समितिका संयोजक गणेशप्रसाद पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पाँचखाल नगर पालिका वडा न ९ का वडा अध्यक्ष एवं कालिका भगवति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष किरण श्रेष्ठ, ९ नं. वडा सदस्य तथा विजयश्वरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकाजी श्रेष्ठ, पलाञ्चोक भगवती माविका प्रअ दयाराम पौडेल साविक गैरीगाँउ धन्द्रे भिमसेन सहकारीका अध्यक्ष केशवप्रसाद पौडेल लगायतले अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाउन सफल बिन्धबासिनी सहकारी संस्थाले पलाञ्चोक क्षेत्रका सदस्यहरुलाई लक्षित गरि सेवा केन्द्र संचालन गरेकोमा खुशि व्यक्त गर्दै यसले सो क्षेत्रका जनताहरु लावन्भित हुने बताउनु भएको थियो ।     

पलाञ्चोक क्षेत्रका सदस्यहरुलाई लक्षित गरि सहकारी शिक्षा समेत संचालन गरेको उक्त कार्यक्रममा संस्थाकी उपाध्यक्ष जानुकादेवी भट्टराई, संचालक सदस्य डोरेन्द्रराज सापकोटा, क्षेत्रिय अन्तर समितिका सचिव रामहरि पौडेल, प्रमुख व्यबस्थापक केवि लामा, पाँचखाल कार्यालयका व्यबस्थापक राजेन्द्र श्रेष्ठ लगायतले संस्थाको गतिविधिहरुका बारेमा बताउनु भएको थियो । संस्थाकी शेयर सदस्य भागिरथी तिमल्सिनाको मृत्यु भएकोमा संस्थाले ८८ हजार वीमा राहत रकम उक्त कार्यक्रममा मृतकका श्रमिान् भोलानाथ तिमल्सिनालाई प्रमुख अतिथि शर्माले प्रदान गर्नु भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: