बालमिकेश्वर महादेवस्थान र अक्षय तृतीया महा पर्वमा मनाइने मातालक्ष्मीको जात्रा

प्रकाशित मिती : शनिबार, भदौ १७, २०७४ by   ·   Comments

प्रकाशित मिति: २०७४-०५-१३

 

सिद्धिबहादुर कर्माचार्य

                नाला शहर भित्र प्रत्येक बर्ष अक्षय तृतीयाको महान उपलक्ष्यमा चार दिन सम्म नालाको वाषर््िाक मुख्य जात्राको रुपमा श्री मातालक्ष्मी,श्री नारायण र श्री महादेवको मूर्तिहरुको कलात्मक र सिंगारिएको रथहरुमा राखी निश्चित र निर्धारित नीति नियम पालना गरी जात्रा मनाइन्छ । यो जात्रा किन मनाइन्छ ? भन्ने बारेमा स्थानीय परम्परागत लोकोक्ति सुन्न पाइन्छ । नाला शहर भित्र बसोबास गर्ने बासिन्दाहरुलाई प्राचीन कालको एक काल खण्डमा शहर बाहिर रहने एक नरभक्षी हेरम्ब ( डुम्ब ) नाउँ गरेको दानवले प्रत्येक दिन पटक पटक शहर भित्र पसी जहाँ पायो त्यहाँ हमला गरी भेटाएको नर नारी भक्ष गरी शहर बासीहरुलाई अत्यन्त यातना दिएको थियो । अति नै ठूलो क्षति र सन्त्रासु फैलिएकोले शहरमा सधैं यस्तो भयाबह स्थिति भइरहनु दुर्भाग्यपूर्ण सम्झी केही साहसी समाजका अगुवाहरुले नरनारीहरुको दिनहु भइरहेको बिनास,सन्त्रासमय वातावरणको अन्त्य र भयाबह स्थितिबाट निकास पाउन एउटा अभियानको थालनी ग¥यो । घर घरमा सूचना पु¥याई नगर सभाको आयोजना ग¥यो । नगर सभामा भारी छलफल , तर्क बितर्क बिचार बिमर्श ग¥यो । अन्तमा त्यस  नरभक्षी हेरम्ब ( डुम्ब ) नाउँ गरेको दानवलाई दैनिक एक मान्छे र मान्छेले बोक्न सक्ने अन्न अन्नाज फलफूल र अन्य खाद्य सामाग्री समेत पठाउने निर्णय सर्वसम्मतिबाट पारित ग¥यो । अव उप्रान्त उक्त नरभक्षी हेरम्ब ( डुम्ब ) नाउँ गरेको दानवलाई नाला शहर भित्र प्रवेश नै नगराउने आएमा नालावासीहरु सबै एकजुट भई हमला गरी धपाउने  निर्णय ग¥यो । उक्त निर्णय नरभक्षी हेरम्ब ( डुम्ब ) नाउँ गरेको दानवलाई मञ्जूर छ कि छैन भनेर अत्यन्त धूर्त र बलवान दुत र दुतका साथ बलवान ब्यक्तिहरुको समुह बनाई नाला शहरबाट उत्तर तिर पर्ने ब्रम्हायणी बनको मुनितिर बालमिकेश्वर महादेवस्थान परिसरमा जहाँ  हेरम्ब ( डुम्ब ) नाउँ गरेको दानव बस्दथ्यो ,त्यस स्थानमा सोधनीको लागि पठायो । गएका टोली र  हेरम्ब ( डुम्ब ) नाउँ गरेको दानवको बीच धेरै समय बार्ता भएपछि बल्ल बल्ल उक्त जन सभाबाट निर्णय भएका  शर्तहरु पालना गर्ने मञ्जर ग¥यो । हेरम्ब ( डुम्ब ) नाउँ गरेको दानवले मञ्जुर गरे पश्चात नाला शहरमा एउटा बेग्लै परम्पराको थालनी भयो । नयाँ ब्यबस्थापन अनुसार दैनिकी चलिरहेको थियो । कस्को कुन दिन पालो पर्ने हो ? भनी वार्षिक कार्यतालिका बनाएको थियो । वाषर््िाक कार्यतालिका अनुसार एक दिन बाउ,छोरा र बुहारी तीन जना मात्र भएको घरको पालो प¥यो । आफ्नो घरमा पालो परेको प्रत्यकले चिन्तित भएर गन्भीरतापूर्वक सोचिरहेको रहेछ । प्रत्येकले आफुलाई बलिदान दिनको लागि संकल्प गरेर यो पालोमा म आफु जाने भनेर पालो मैले पाउनु पर्छ भनेर तीन जनाको बीचमा आफु जानको लागि प्रतिस्पर्धात्मक तर्कहरु प्रूतुत गरेर मौका आफुले पाउनको लागि छलफल गरिरहेका थिए । धार्मिक आस्थानुसार तीन जना मध्य प्रत्येकले तँछाड मछाड गरी आफु जाने र यो मौका मलाई मिल्नु पर्दछ भनेर आ आफ्नो तर्कहरु अगाडि सारिरहेको अभूतपूर्व धार्मिक घटनाले अत्यन्त पुण्य घनीभुत भएर स्वतः अन्जानवशः पनि पुण्य आर्जन गरिरहेका थिए । 

                ती तीन जनाको परिवारलाई जोगाउन र यातना भोगिरहेका सन्त्रासयुक्त नालावासीहरुको उद्धार गर्ने हेतुले माता लक्ष्मी स्वयम त्यस घरमा पाहुना बनेर प्रादुर्भाव हुनु भयो । ती परिवारले साँझ पाल्नु भएका पाहुनाको स्वागत सत्कार गर्नु भयो । पुनः आफ्नो तानाबाना बुन्न थाल्यो । त्यस घरका परिवारका सदस्यहरु अलग्ग बसेर गुनगुन गर्न थालिसकेपछि कान थापेर सुन्न थाल्नु भयो माता श्रीलक्ष्मीले । लक्ष्मीमाताले भन्न थाल्नु भयो तिमीहरुको गन्थन के बिषयको हो ? किन गन्थन गरिरहेको भनी ढिपी गरेर सोध्न थाल्नु भयो । पाहुनाले अति ढिपी गरेर सोध्नु भएको कारणले ती तीन जनाको परिवारले इति बृतान्त सुनाउनु भयो । गन्थन भइरहेको बारे सुनेपछि माता लक्ष्मीले भन्न थाल्नु भयो, यो हेरम्ब ( डुम्ब ) नाउँ गरेको दानव भएको स्थानमा बोक्न सक्ने सामाग्री सहित जाने अवसर मलाई दिनुहोस । पाहुना आएकालाई यस्तो कठीन काम त्यस्मा पनि ज्यान नै जाने जस्तो काममा लगाउनु न्यायोचित होइन । यो मानबीय धर्म बिपरित हो । त्यस्कारण हामी यो कामको लागि अनुमति दिन सक्दैनौ । मैले स्वेच्छाले यो कामको माग गरेपछि तपाईहरुलाई कुनै अन्याय काम गरेको र पाप गरेको दोष लाग्ने छैन । अतः यो हेरम्ब ( डुम्ब ) नाउँ गरेको दानव भएको स्थानमा जाने काम मलाई नै दिनु पर्दछ । धेरै बेरको तर्क बितर्क पछि उक्त कार्यको अनुमति माता लक्ष्मीलाई मिल्यो । अनेक तर्क बितर्क पेश गरेर त्यो भोजनमा जाने मौका लक्ष्मी माताले प्राप्त गर्नु भएपछि लक्ष्मी माताले एउटा योजना बनाउनु भयो । योजना अनुसार ढीलो गरी जाने, दानव रिसाउन्छ अनि ढीलो गराउने दानव यही हो भनेर इनार भित्रको दानवलाई देखाउने सोचाई गर्नु भयो ।

                योजना अनुसार सामाग्री लिएर ढीलो गए पछि दानव रिसले चूर चूर भएर माता लक्ष्मी संग सोधे । किन ढीलो आएको ? तिमी भन्दा बलियो दानवले बाटो छेकेर रोक्यो । तिनले अलमल्याएको र मलाई पठाउन नमानेकाले ढीलो भयो । लक्ष्मी माताको यस्तो उत्तर सुनेपछि को हो त्यो ? मेरो आहार लिएर आउनेलाई रोक्ने ? मलाई देखाउ । म त्यसलाइ नाश गरी दिन्छु । यसरी त्यस दानवले हुँकार गरी पटक पटक जोसिएको देखेपछि लक्ष्मी माताले भन्न थाल्नु भयो । तिम्रो आहार लिएर म आइरहेको बेलामा बाटोमा रोक्ने दानव यही इनार भित्र लुकेर बसेको छ । न पत्याए हेर भनी बालमिकेश्वर महादेव स्थान परिशर नेवारी भाषामा डुम्ब खुसी र स्थानीय भाषामा महादेव खोला भन्ने ठाउँको इनारमा लगेर देखाउनु हुँदा दानवले इनारमा आफ्नै छायाँ देखे । त्यो मूर्ख दानवले आफ्नै छायाँ भनी चिन्न नसकी क्रोधले दग्ध भएर इनारमा आफ्नै छायाँलाई आक्रमण गर्न हाम फाले । दानव हाम फाले पछि यस अवसरलाई अविलम्ब सदुपयोग गरी हाम फाल्ने बितिक्कै धेरै ढुङ्गाहरुले हानेर मृत्यु तुल्य बनाएर ठूलो ढुङ्गाले इनारको मुखलाई ढकनीको रुपमा छोपी दानवको नष्ट गर्नु भयो । यसरी हेरम्ब ( डुम्ब ) नाउँ गरेको दानवलाई नष्ट गरी अत्यन्त यातना भोगेका र सन्त्रासमा बाँचेको नालाबासीहरुलाई रक्षा गर्नु भयो । उद्धार गर्नु भयो । यस बिजय उत्सवलाई नालाबासीहरुले माता लक्ष्मीको धुमधामसंग जात्रा गरी खुसीयाली मनाएको थियो । सोही बेला देखि नालामा प्रत्येक बर्ष नालाको मुख्य जात्रा पर्व उत्सवको रुपमा मातालक्ष्मीको जात्रा गर्ने परम्पराको थालनी गर्नु भयो । यो खोला परिसरमा डुम्ब नाउँ गरेको दानवको लिला समाप्त गरेकोले यस ठाउँको नाम नै डुम्ब खुसी राखिएको लोक भनाई सुन्न पाइन्छ । यो खोला हाल बनेपा न.पा.वडा नं.४ मा पर्दछ । हेरम्ब ( डुम्ब ) नाउँ गरेको दानवलाई नष्ट गरेको दिन बैसाख मास शुक्ल पक्ष दुतिया तिथिको दिनमा परेको रहेछ । यसलाई ठूलो बिजय उत्सवको दिनको रुपमा मनाउँदै आएपछि यो संग संगै अन्य बिशेष पर्व दिनहरुलाई पनि जोडदै नालाको प्रमुख जात्रा पर्व महा उत्सव मनाउँदै आएको बुझिन्छ । यस दुतिया तिथिलाई पहिला दिन अर्थात बिजय उत्सवको दिनको रुपमा मान्छन भने दोश्रो दिन अक्षय तृतियाको दिन हो । यस दिनको महत्व बेदहरुमा,देवमाला बंशावलीमा र हिमवत खण्ड महात्म्य,नेपाल महात्म्य आदिहरुमा पनि धार्मिक महत्व दिएर बर्णन गरि राखेकोछ । शिव पार्वतीको बिबाह भएको दिन नालामा लक्ष्मी नारायणको बिबाह भएको खुसीयाली पर्वको रुपमा पनि उत्सव मनाउने गरेको पाइन्छ ।

                लक्ष्मी नारायणको बिबाहोत्सवको अवसरमा सन्दर्भ जोडेर बेलबिबाह गर्न परम्परा मल्लकालीन देखि चल्दै आएको छ ।  तेश्रो दिन सौहार्दपूर्ण भेटधाट भएको दिनको रुपमा लिइन्छ यस दिनमा हुने जात्रालाई मूल जात्रा भन्ने गरिन्छ भने चौथो दिन नेवारी भाषामा खः ल्वाकेगु जात्रा अर्थात ४ दिनको जात्रा पर्वको अन्तिम दिन बिदाई कार्यक्रमको रुपमा उत्सव मनाउने चलन छ । यो खः ल्वाकेगु जात्रालाई कुनै कुनै स्थानमा देवी देवताहरुको यौन संसर्ग कृयाकलाप भएको प्रतिकको रुपमा पनि लिने चलन छ । यसरी ४ दिन सम्म नालाको प्रमुख जात्रा पर्वको रुपमा मनाउने चलन छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: