बाबुरामलाई बाईबाई गरौं

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

डा. बाबुराम आएपछि छु मन्तर हुन्छ भनेर भन्नेहरुले सोच्थे । अर्थात् साह्रा जनताको अपेक्षा थियो । तर अपेक्षाकृत केही काम हुन सकेन । बाबुरामले प्रधानमन्त्री भएपछि जब नेपालमा फिटफाट भएको मुस्ताङ गाढी चढे त्यसपछि सचेत जनताले यो के हो भनेर सोच्न बाध्य भए । मुस्ताङ गाडी चढ्दैमा (भारतमा निर्मित सबै पार्टपूर्जा) को चाहिँ राष्ट्रवादी हुन्छ ? हुलास गाडीको प्रचार भयो । त्यसपछि जब प्रम डा. बाबुराम भट्टराई भारत भ्रमणमा गए, त्यसपछि सबै राष्ट्रवादी मुखुन्डो उदाङ्गो भयो ।
राष्ट्रघाती विप्पा सम्झौता भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारका लागि सुधार व्यवस्थापन र निर्माणका लागि भारतका ठेकेदार कम्पनीसँगको सम्झौताले देशलाई कहाँ पु¥याउँछ ? डा. बाबुराम भट्टराई विद्वान भनेर देशले विश्वास मात्र गरेका थिएन, गरीब जनता, शोषित पीडित जनताका नेता भन्ठानेको थियो । त्यस्तो नेता प्रधानमन्त्री हुँदा साह्रा जनता खुसी थिए । यति कि डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा उद्योगी, व्यवसायीदेखि गरीब जनता डा. बाबुृराम भट्टराई प्रधानमन्त्री हुँदा धेरै खुसी थिए । तर जनताका आधारभूत आवश्यकता उपभोग्य सामान, ग्याँस, पेट्रोलियम पदार्थ समेत नपाउँदा जनता साह्रै निराश भएका छन् । भारत र अमेरिकाको निर्देशनमा चल्ने यो डा. बाबुराम भट्टराईको सरकारलाई बाईबाई गर्नुको अर्को विकल्प नै छैन ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: