बादे खलःको साधारण सभा

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

बनेपा । बादे खल विकास समितिको दोस्रो साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भयो । दानबहादुर बादेको अध्यक्षता तथा सभामा उपस्थितमध्येबाट जेष्ठ सदस्य बलबहादुर बादेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन ज्ञानेन्द्र बादे र आर्थिक प्रतिवेदन भीमभक्त बादेले प्रस्तुत गर्नुभएको थियो ।
सो सभाले दानबहादुर बादेको अध्यक्षतामा उपाध्यक्ष लक्ष्मीनरसिंह बादे, सचिव माया बादे, कोषाध्यक्ष धनबहादुर बादे, सदस्यहरुमा डा. सुरेन्द्रबहादुर बादे, पृथ्वीमान बादे, श्रीकृष्ण बादे, रेशम बादे, प्रकाश बादे, राजेन्द्र बादे, रेणुका बादे निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ । कार्यक्रममा आफ्ना पूर्खाहरुले निर्माण गरेको चण्डेश्वरीको द्योछेँ (देवगृह) मर्मतसंभारका लागि सक्दो सहयोग गर्न सबैमा अनुरोध गरिएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: