बलेरोले किच्दा विष्टको मृत्यू

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

काठमाडौंबाट बनेपा आईरहेको बा १८ च ३११९ नम्बरको महेन्द्र बलेरो जीप काभ्रेको जनागालमा अनियन्त्रित भई पल्टिंदा बनेपा–१० का स्थानीय बाबु विष्टको ज्यान गएको छ । स्थानियका  अनुसार दुर्घटना हुनुअघि स्थानीय विष्ट सडक किनारामा हिंडिरहेका थिए । काठमाडौंबाट आइरहेको बोलेरो जीप अनियन्त्रित भई पल्टिंएर विष्टलाई किचेको प्रहरीले जनाएको छ । विष्टका आफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै अरनिको राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: