बन्दको विरोधमा सेतो टिसर्ट सभा

प्रकाशित मिती : शनिबार, जेष्ठ २०, २०६९ by   ·   Comments

संघीयता सम्बन्धी माग राख्दै विभिन्न समूहबाट लगातार भइरहेको बन्दको विरोधमा बुधबार राजधानीसहित देशभर बुधबार बृहद राष्ट्रिय सद्भाव सभा गरिने भएको छ । बन्दका क्रममा सामाजिक सद्भाव खलबल्याउने गतिविधि समेत हुन थालेकाले राष्ट्रिय सद्भाव सभाको आयोजना गर्न लागिएको नेपाल नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघको अगुवाईमा नेपाल चेम्वर अफ कमर्स घरेलु तथा साना उद्योग महासंघ, हिसान, प्याव्सन, एन प्याव्सन, नेपाल पत्रकार महासंघ, मिडिया सोसाइटी, टेलिभिजन वोडकाष्टर्ड नेपाल, नेपाल वार एशोसिएशन, होटल एशोसिएशन अफ नेपाल, मारवाडी सेवा समिति, नेपाल मानव अधिकार संघ, नेपाल मानव अधिकार संगठन, इन्जिनियर्स एसोसिएसन, मेडिकल एसोसिएसन, नेपाल प्राध्यापक संघ, म्यानेजमेन्ट एसोसिएसन नेपाल, गरिखान देउ, समृद्धि फाउन्डेशन लगायतका अन्य संघ संस्थाहरुको सहभागितामा रहनेछ ।

1
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: