बनेपा बचतद्वारा स्वास्थ्य शिविर

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

करथरी । बनेपा बचत तथा ऋण सहकारी संस्था लि. र हेल्दी नेपाल भक्तपुरले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसरमा करथरी प्राविमा एकदिने निशुल्क स्वास्थ्य शिविरको आयोजना ग¥यो । इवामुरा अस्पताल र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको शिविरबाट २४७ जना स्थानीयवासी लाभान्वित भएका थिए । सो शिविरमा ५३ स्त्रीरोग, ३४ मुटुरोग, २४ इसिजी, १३३ आँखासम्बन्धी र ६३ दाँत सम्बन्धी रोगीहरुको परीक्षण गरिएको थियो । परीक्षणको क्रममा १३ जना आँखाका रोगीहरुको शल्यक्रिया गर्नुपर्ने देखिएको र तिनीहरुको निशुल्क शल्यक्रियाका लागि आवश्यक प्रक्रिया मिलाउने संस्थाका अध्यक्ष अमन पोटे श्रेष्ठले जानकारी दिनुभयो । यस्ता शिविरहरु अन्यत्र पनि संचालन गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: