बनेपामा हुण्डाइको इवन कार

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

बनेपा । हुण्डाइ कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बनेपामा स्ट्याण्डर्ड अटो मोबाइल प्रालिमार्फत् इवन मोडेलको गाडी बिहीबारदेखि विक्री वितरण सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्याल, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्य, लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । लक्ष्मी गु्रपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले आरामदायी, बनोट, आर्थिक हिसाबले नेपाल लगायत दक्षिण एशियाली मुलुकको बजारमा इवन गाडी बढी किफायती हुने बताउनुभयो । स्ट्याण्डर्डका संचालक सुरकृष्ण वैद्यले उक्त गाडीमा प्रतिलिटर २१.१ किलोमिटर माइलेज रहेको र एक वर्षसम्म निशुल्क बिमाको व्यवस्था रहेको जानकारी दिनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: