बनेपामा शक्ति प्रदर्शन

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

वर्तमान प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारको विरोधमा काभ्रे कांग्रेसले सोमबार बनेपामा बृहत्त र्याली निकालेको छ । गोदामचोकस्थित पार्टी कार्यलयबाट सुरु भएको र्याली चारदोबाटो, तीनधारा, तीनदोबाटो हुँदै चारदोबाटोमा पुगेर कोणसभामा परिणत भएको थियो । काभ्रेको गाउँगाउँबाट आएका कांग्रेसका कार्यकर्ताहरुले माओवादी नेतृत्वको सरकारले गरेको असंवैधानिक, प्रतिगामी र निरकुंशताको विरोध गरेका थिए । जातजातीलाई भिडाएर फाइदा लिन खोजेको भन्दै उनिहरु आक्रोशित भएका थिए । जनतालाई दुख दिइरहेको वर्तमान सरकारले तत्काल राजिनामा दिनुपर्ने काभ्रे कांग्रेसले माग गरेको छ । कोणसभालाई सम्बोधन गद्र्धै काभ्रे कांग्रेसका सभापति शिवप्रसाद हुमाँगाईले जातिय मुद्धा उठाएर माओवादीले भ्रम छर्न खोजेको आरोप लगाउनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: