बनेपामा एमालेका युवाहरु एकजुट

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

बनेपा । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतले माओवादीले जातीय रुपमा विभाजन ल्याउन खोजेको आरोप लगाएका छन् । युवासंघ नेपाल बनेपा नगरको तेस्रो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बस्नेतले नेपालमा बहुपहिचान सहितको राज्य हुनुपर्ने माग गरे । वर्तमान सरकारले देशलाई घुस ख्वाएर कंगाल बनाउने खोजेको भन्दै उनले अब भट्टराई सरकारलाई सत्ताबाट नहटाउञ्जेलसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका थिए । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष गोकुल बस्नेत, पूर्व सभासद् शिला कटिला, युवासंघका नेता एवं कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त अधिवेशनबाट रत्नकुश रञ्जितको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसमा उपाध्यक्ष सुरेश श्रेष्ठ, नवराज मानन्धर, सचिव नरेश जोशी, सह सचिव सुदीप दुलाल, कोषाध्यक्ष भेषराज शाही, सह कोषाध्यक्ष लखन रञ्जित, सदस्यहरुमा उज्वल कपाली, रुना पोटे, मनोज सापकोटा, दिनेश श्रेष्ठ, रोजित तामाङ, पुरुषोत्तम लामा, रने लामा, सीताराम तामाङ, लक्ष्मण रञ्जित, निराजन बजगाईं, अनिश प्रजापति, मनिष श्रेष्ठ, प्रदीप नापित, विष्णु श्रेष्ठ, धिरेन केसी, राम प्रजापति, श्रीकृष्ण केसी, शुक्रराज अवाल, रामकृष्ण पलाञ्चोके, सन्देश मानन्धर, संगीता श्रेष्ठ, रोजिना तिमल्सिना, अञ्जना सुवाल र विक्रम रञ्जित रहेका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: