फेसबुक, मनोरोगी र आत्मीय साथी

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

-नरेन्द्रजंग पिटर
फेसबुके समाज र फेसबुके कुरा फस्फूसे कुरा भने हैनन् है । फेसबुके साथी र वास्तविक साथीहरुमा भने फरक हुनसक्छ । फेसबुके साथी आत्मिय साथीमा फेरिन पनि सक्छन् । अहिले सामाजिक संजालको रुपमा एउटा नयाँ वर्चुअल समाज क्रमसः अब विकास हुँदैछ । त्यसले राज्य र राष्ट्रका सिमा छिचोलेर विश्व मानवमा पनि क्रमसः फेदैछ । हामीहरु कहाँ पनि फास्टफूड कल्चर, नेग्लिस सोसाइटी (अंगे्रजी ज्यादा र नेपाली मिस्कट भाषा) बोल्नेहरुले यस्लाई फेसनका रुपमा स्वीकारिसकेका छन् । यो अझै हाम्रो सन्दर्भमा आन्दोलन बन्न भने सकेको छैन । अन्यन्त्र आम मजदुर किसानमा भन्दा पनि सहर, सहरउन्मुख बस्ती र सूचना–संचारको पहुँच भएको समाजमा कहिलेकाहिँ आन्दोलन पनि बनिदिएको छ ।
जो जस्तो छ, त्यस्तै सामग्री र संगत पाउन सक्छ । ज्ञान, सूचना, साहित्य, विचार, संगत र आन्दोलनको अथाह सागर हो । सामाजिक सञ्जालबाट फाइदै उठाउन सकेको छु । सामाजिक संजालका साथीहरुसँग भएका वाद, विवाद र संवादले राज्यका सिमा नाघेका छन् र विश्वका आन्दोलनसँग जोडिन पाएको पनि छु । अझ भाषाको समस्यालाई पनि अनेकौं विधि र उपायबाट हल गर्न सकिँदो रहेछ । सदा जिज्ञाशु र विद्यार्थी बन्न हौस्याएको पनि छ, यसले । मान्छेलाई बोल्नका लागि, भावना व्यक्त गर्नका लागि संर्घष गर्छ । मान्छेलाई बोल्न र भन्न दिनुपर्छ । मान्छे कसैगरी कुनै उपायबाट पनि व्यक्तिन्छ नै । नत्र पागल (मनोरोगी) बन्छ । सपना, योजना, भावना, क्षमता, कुण्ठा, लालसा, महत्वकाक्षा, अपेक्षा, अनेकौं प्रस्ताव सबै राख्ने अनुकुलता र परिवेश खोजिरहन्छ । जब पाउँदैन तब उपाय खोज्दछ । मान्छे आफूलाई अरुले सुनिदिओस् भन्ने चाहन्छ । जब त्यो वातावरण पाउँदैन तब डिप्रेस बन्दै जान्छ । मनका कुरा खोल्ने र सुनिदिने परिस्थति बनाउन चाहन्छ । जैविक आवश्यकता नभएपनि बुढौलीमा पनि मानिसले बिहा गर्नका कारण यही हो । मान्छेले मनका कुरा सुनाउन पाएन भने गुम्सिन्छ, तडपिन्छ, मानसिक दवाव र तनावमा उल्झिन्छ । अब सामाजिक सञ्जालहरु त्यसका निकास बनेका छन् र फेसबुक पनि त्यसको एउटा माध्यम बनेको छ । कृया, प्रतिकृया र आफ्नो पहिचान र भूमिका बोध गराउने । मान्छे अनुसारकै सोच र कुरा हुने नै भए । साथ, संगत, पनि त्यस्तै । फेसबुके साथीहरु पनि अधिकांस त्यस्तै । अझ राजनीतिको क्षेत्रमा वाद, विवाद, संवाद, सपना र सोचको आदन प्रदान हुन्छ । आफैंलाई सम्बृद्ध र सुसंस्कृत बनाउन र अर्जाप्न पनि सक्छ । रिचार्ज हुन सक्छ । तर राजनीतिक संस्कारहीन मुलुकमा त अझ कुरुप र आफ्ना कुण्ठालाई सहज तरिकाले यस्ता माध्यमबाट व्यक्तिन्छन् ।
मान्छे अत्यन्तै उर्जाशील प्राणी र कम्लिकेटेड जात हो । सहज तरिकाले चिन्न र बुझ्न नसकिने । मान्छेमा रहेको अन्तरनिहीत क्षमताको कसैले पनि लेखाजोखा नै गर्न सक्दैन । आफूसँग भएको उर्जालाई सकारात्मक कति प्रयोग गर्न सकेको छ वा छैन ? हुन्छ या हुन्न भन्नेमात्र कुरा हो । अहिले म केही कुण्ठाग्रस्त मान्छेहरु सामाजिक संजालमा देख्छु । उनीहरु आफ्ना मनोरोगहरु फेसबुके भित्तामा वार्ता गरिरहेका हुन्छन । आफना डिप्रेसहरु अरुलाई गाली गलौच गरेर उर्जा खर्च गरिहेका छन् । त्यसमा आर्दको अपेक्षा गर्ने यूवाहरुको जमात पनि ठूलो छ । अझ भूतपूर्व आर्दवादीहरुको जमात त अझ धेरै देख्छु । आर्द, नैतिकता अरुमा हुनुपर्ने आफूले अपेक्षा गरेर रमिते मात्र भए पुग्ने । मेरा फेसबुके साथीहरुमा धेरैको संख्या सिर्जनशील, सामाजिक जिम्मेवार र आफना अभिव्यक्तिप्रतिको जिम्मेवारी लिनेहरुकै छ तर कयौँ भने आफूलाई नङ्ग्याएर चौवाटोमा बसेर अरुलाई बेइजत गर्नेहरु पनि देखिन्छन – भद्दा, अश्लील, कुरुपहरु । कतिलाई छाँट्ने गरेको छु भने कयौलाई हेर्दै …..मान्छे कति तलसम्म गिर्न पनि सक्दो रहेछ भनेर विना टिकटको रमिता, तमाशा र मानविय नकारचरित्रको अध्ययन सामग्री बनाउन साँची पनि राखेको छु । त्यस्ता पात्र र प्रवृतिहरुमा आफ्ना लालसा पुरा गर्न आफ्नो क्षमताको विकास गर्न मिहनेत गर्नुभन्दा पनि अरुलाई सरापेर भाग्य ‘छप्पर फाडेर’ पुग्छ भन्ने मनोविज्ञान पलाएको देखिन्छ । आखिर मान्छेको अन्तरमनमा जे खेलिरहेको हुन्छ फेसबुके भित्तोमा त्यही टाँगिन्छ । कतै विज्ञापन, कतै आक्रोस, कतै मनोकामना, कतै अपेक्षा, कतै आक्रोस । कतै नयाँ दुनियाका मानवतावादी सोच, अभियान र प्रतिवद्धता । जो जे छ त्यस्तै यो अथाह सागरमा खोजेपछि पाइने रहेछ । खोज्न, ग्रहण गर्न त्यसलाई चिन्न, सदुपयोग गर्न र त्यसबाट पाएका विषयहरुलाई मानव समाजको हितमा कति उपयोग गर्न सक्छौँ भन्नेमा भर पर्नेरहेछ । सामाजिक सञ्जालले धेरै शक्तिशालीहरुको निद हराम गरिदिएको छ । क्षेत्रपति महाराज अमेरिकाको निदहराम गराउने जुलियस एसेगेँ हुन वा आक्रमणकारी दस्ता बनाइएर उत्पीडनलाई पठाइएका साम्राज्यवादी मुलुकका सैनिकहरुले तत देशमा गरिएका बर्बालाई दुनिया सामु ल्याउने मिडिया बनेको छ, वर्चुअल मिडिया । इराक, गोन्टानाव वे को घटना होस् या अफगानिस्तानमा भएका वर्वरता हुन छिपाउन सकेका छैनन् । कतिपय विश्लेषकहरुको भनाईमा आउँदो महायुद्ध साइवर युद्ध हुनेछ भने ह्याकरहरुले शक्तिको औकात हरेकसँग एउटा सीमासँग मात्र हुन्छ भनेर शक्तिको मदहोस नहुन चुनौती दिएका छन् । यो संसारमा केही पनि विषय गोप्य हुन सक्दैन भन्ने बोध पनि गराएका छन ।
सामाजिक सञ्जाल अहिले शक्तिशालीहरुलाई त्यस्तै भएको छ । हतियार कसैको हुँदैन चलाउन जान्नेको हुन्छ । विश्व वजारको प्रधान बन्न अश्वमेघमा हिडेकाले अंग्रेजी, स्पेनिस, फ्रान्सेली र अरवी भाषा जहाँजहाँ लगे त्यहाँ उत्पीडनमा परेकाले अन्यन्त्रसँग पनि सपना, भावना र कार्यक्रम साट्ने माध्यम बन्यो । त्यस्तै सामाजिक संजाल र वैकल्पिक मिडिया पनि आउँदा समयमा नयाँ आन्दोलनकारीहरुको सशक्त हतियार बन्ने लक्षण देखिइसकेको छ । अखिर सेन्सरहीन सूचनाक्रान्तिको यस सामाजिक संजाललाई कसले, कसरी प्रयोग गर्छ भन्ने कुरा ऊ कस्तो छ ? कस्तो धरातलमा टेकेर सपना देख्छ र उपयोग गर्छ भन्ने कुरा नै हो । चिने श्रीखण्ड नचिने खुर्पाको विँड पाडरी है पाडरी ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: