फुटबलमा बीबीसी विजयी

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

पाँचखाल । पाँचखाल फुटबल एशोसियसनले आयोजना गरेको प्रथम पुफा आमन्त्रण कप फुटबल प्रतियोगिताको उपाधी बनेपा ब्वाइज क्लब (बीबीसी) ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा बीबीसीले स्पार्क हेल्थ होम फुटबल क्लब सोल्टीमोडलाई १–० को अन्तरमा पराजित गरेको थियो । उपाधीसँगै बीबीसीले नगद एक लाख र ट्रफी हात पारेको छ । विजयी टिमका लागि खेलको २३ औं मिनेटमा राम थापाले सुन्दर गोल गरेका थिए । थापा म्यान अफ द म्याच पनि घोषित भएका थिए । यस्तै बीबीसीका गोलरक्षक धिरज सुनुवार र कोच प्रकाश वैद्य पनि उत्कृष्ट घोषित भई जनही ५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । उपविजेता स्पार्कले ५० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । आठ टिमको सहभागिता रहेको प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले पुरस्कार वितरण गर्नुभएको थियो ।

(शब्द÷तस्वीर ः गोपाल वैद्य)

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: