प्रधानमन्त्रीज्यू डुबानबारे कुरा उठाउनुस्  

प्रकाशित मिती : मङ्लबार, भदौ ६, २०७४ by   ·   Comments

० टाइम्स टिम

                गत साता आएको बाढी र तराइको डुबानमा सय भन्दा बढी मरे  र त्यसको दोब्बर हराए त्यसैले तराइमा वर्षेनी हुने डुबान रोक्न भारतसंग कुरा राख्नुहोस प्रधानमन्त्री ज्यु ! यो  शब्द  हाम्रो भएता पनि  तीन करोड नेपाली जनताको आवाज हो ! बिहिबार  भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई तराईमा वर्षेनी हुने बाढी र डुबानको दीर्घकालीन समाधानका निम्ति भारतीय पक्षसमक्ष कुरा राख्न चौतर्फी दवाब दिनु आजको आवश्यकता हो  ! नेपाल स्वतन्त्र र स्वाभिमानी मुलुक हो तर कोशीमा बाढी आउदा कोशी ब्यारेजको चाबी भारतसंग भएको कुरा साह्रा नेपालीले थाह पाउदा लज्जा बोध भएको छ !  सरकारले प्रमको भारत भ्रमण विगतका सहमतिको कार्यान्वयन प्रभावकारी बनाउन र दुई देशबीच विश्वासको वातावरण सुदृढ तुल्याउन केन्द्रित रहने बताएता पनि अब दह्रो संग कुरा राख्न  अबेर भएको छ ।

                गत  शनिवार साँझ प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्रीहरुसँग बालुवाटारस्थित आफ्नो निवासमा परामर्श गरेका बखत केपी ओली र बाबुराम भट्टराइ नगएको खबर हामीलाइ मन परेन ! ओली र भट्टराईले खबरदारी गर्नु पर्दथ्यो । तर पनि नेपाली सीमा नजिक भारतीय भूभागमा बनाइएका संरचना र बाँधका कारण नेपालमा वर्षेनि क्षति हुने गरेको भन्दै त्यसलाई भ्रमणको प्रमुख मुद्दा बनाउन आफूहरुले सुझाव दिएको पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताएको कुरा बाहिर आएको छ । तराईमा अहिले जुन डुबान देखार्पयो त्यसको एउटा मुख्य कारण संरचनाहरु, बाँधहरु हुन्। यी कुराहरु नयाँ ढंगले पुनर्संरचना गर्नुपर्छ, सीमावलोकन गरिनुपर्छ। भारतसँग विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिनु लामो समयदेखि नेपाल(भारतबीच रहेको सीमा विवाद लगायतका थाती रहेका विषयमा प्रधानमन्त्रीले भ्रमण केन्द्रित हुनु पर्छ । जलविद्युत्, पूर्वाधार विकास लगायतका क्षेत्रमा दुई देशबीच विगतमा भएका कतिपय सहमति अहिलेसम्म कार्यान्वयन भएका छैनन्।

                हामी भन्छौ–नयाँ सहमति सम्झौता भन्दा पनि यसअघिका प्रतिवद्धता, सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने गरी आसन्न भारत भ्रमण फलदायी होस् ! भूकम्पपछिको पुनर्निर्माणमा भारतले उपलब्ध गराउने भनिएको १ खर्ब रुपैयाँ अनुदान दिने भन्ने अहिलेसम्म कति दियो ? अस्ति चिनिया विदेश मन्त्री नेपाल आएका बखत १० करोड दिने भने लगतै भारतले २० करोड दिने भन्ने कुरा के हो यो सबै प्रधानमन्त्रीले नेपाली जनतालाइ स्पष्ट पार्नु पर्छ !

                अन्तिममा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ गते भारत भ्रमण गर्दैछन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका विषयलाई लिएर परामर्श चलिरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका नेताहरुलाई सत्तालाई भन्दा राष्ट्रलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन् । तराई मधेसका जनताले डुबानका कारण जनताले दुःखकष्ट भोग्न बाध्य भएका बेला डुबानको समस्याबारे भारतसँग कुरा नगरेकोमा उनले प्रधानमन्त्रीसँग असन्तुष्टि पोखेकी छन् ।  राष्ट्रपतिको यो आग्रह आमनेपालीको साझा अभिव्यक्ति हो । भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेका बाँध र तटबन्धले नेपालका दक्षिणी भूभाग वर्षेनी डुबानमा पर्दै आएको छ । डुबानको समस्याले जनताले वर्षेनी दुःखकष्ट र सास्ती भोग्दै आए पनि भारतसँग तथ्यसहित यस्ता समस्याबारे गम्भीर रुपमा कुनै पनि प्रधानमन्त्रीले कुरा गर्न नसक्नु दुःखद कुरा हो ।

                भारतीय तटबन्ध एवम् बाँधका कारण नेपालका दक्षिणी भूभाग वर्षेनी डुबानमा पर्ने हुँदा मैत्रीपूर्ण कूटनीतिका माध्यमबाट समाधान खोज्न, प्राकृतिक विपद्सँग जुध्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना ल्याउन राष्ट्रपति भण्डारीले शीर्षदलका नेताहरुसँग आग्रह गरेकी छन् । राष्ट्रपति आमनेपालीका अभिभावक हुन् । उनले मित्रराष्ट्रहरुसँग आफ्ना समस्या राख्न डराउनुपर्ने कारणबारे सवाल उठाएकी छन् । सत्तालिप्सामा रमाइरहेका राजनीतिक दलका शीर्ष नेतृत्वलाई सत्ताभन्दा राष्ट्रलाई महत्व दिन घचघच्याएकी छन् । देशको समग्र राजनीतिमा देखिएका विकृतिबारे उनले गम्भीर प्रश्नसमेत उठाएकी छन् । राष्ट्रपतिको सुझावअनुसार दलहरु अब सच्चिनुपर्छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: