प्रतिष्ठा कृषि सहकारीको तीज विशेष कार्यक्रम

प्रकाशित मिती : शनिबार, भदौ १७, २०७४ by   ·   Comments

 

उद्धव प्रसाद अधिकारी÷पाँचखाल

              प्रकाशित मिति: २०७४-०५-१३

  पाँचखाल नगरपालिका ४ काफ्लेडिहीमा रहेको प्रतिष्ठा कृषि सहकारी संस्था लि.को आयोजनामा भाद्र ६ गते मंगलबार महिलाहरुको महान चाड तीजको अवसर पारेर ब्रतालु महिलाहरुका निमित्त एवं आगन्तुकहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विशेषगरि महिला जागर समिति र प्रतिष्ठा कृषि सहकारी संस्थाको विशेष पहलमा सम्पन्न भएको हो ।

                कार्यक्रम संस्थाका अध्यक्ष पुर्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि एवं अध्यक्ष दुलालले पाँचखाल कृषि शहर रहेको अवस्थामा हाम्रो समुहले यहाँको प्रमुख आवश्यकतालाई मध्यनजर राख्दै कृषि सहकारीको स्थापना गराउन सफल भएकोमा सबैमा धन्यवाद दिनुभयो ।

                संस्थाको योगदान, सदस्य महानुभावहरुमा पु¥याउँदै आएको सेवा र सुविधाले नै आज हाम्रो स्थान उच्च रहन गएको कुरालाई स्मरण गराउँदै आजको उक्त कार्यक्रमले पनि सदस्य महानुभावहरुको भावना समेट्दै तीजमा विशेषगरी महिला दिदीबहिनी आमाहरु व्रत बसी वर्षको १ पटक मनाउने पर्वमा सबैबिच आपसी भेटघाट गराउन र संस्थाको थप पहिचान गराउन उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा अन्य अतिथीहरुमा संस्थाका उपाध्यक्ष ज्ञानबहादुर थापा, कोषाध्यक्ष गोविन्दप्रसाद काफ्ले, सचिव श्यामबहादुर दुलाल लगायत रहुनभएको थियो । 

                कार्यक्रममा राष्ट्रिय कलाकारहरु नवराज घोरासैनी, मञ्जु गौतम (लोक गायक) एवं हास्य कलाकारहरु राजन चौलागाईं लगायतको बेजोड प्रस्तुती रहेको कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी सदस्य लक्ष्मी थापा तिवारीले दिनुभएको थियो । महिला जागर समितिकी संयोजक एवं प्रतिष्ठा कृषि सहकारी संस्था लि. की सञ्चालक समितिका सदस्य निर्मला अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्ध सञ्चालक सुमन बानियाँले गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: