प्रचण्ड भारतीय दलाल !

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

फलामको ताप्के छिटो ताप्छ, छिटो सेलाउँछ । देशमा १३ हजारभन्दा बढी माओवादीहरु मरे प्रचण्ड जिन्दवाद भन्दै । तर प्रचण्ड रहेछन् भारतका दलाल, होइन त ? भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्वप्रमुख पीके हर्मिसले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत विरोधी नभएको बताएका छन् । नेपाल मामिलाका जानकार समेत रहेका हर्मिसले भनेका छन् – माओवादी पार्टीको अध्यक्षको हैसियतले उनले बरु पार्टी विभाजनको खतरा मोले तर भारतपरस्त भनेर आलोचना भएको पार्टी लाइन छाडेनन् ।’ उनले कांग्रेस र एमालेमाथि विश्वास गर्दै आएको भारतले अब नयाँ शक्ति माओवादीलाई साथमा दिनुपर्ने संकेत गरेका छन् –‘हामीले नेपालका राजनीतिक व्यक्तित्वलाई खास रुपमा चिन्न सक्यौँ कि सकेनौैँ भन्ने कुराको समीक्षा गर्नुपर्छ । उनी अघि लेख्छन् – भारतले नेपालको प्रजातान्त्रिक अभ्यासको विषयमा विश्लेषण गर्दा पूरानो मानसिकतालाई ठाउँ दिनु हुँदैन । हर्मितले माओवादीबाट फुटेर गएका वैद्य समूहको नेकपा माओवादीले आफुलाई भारत विरोधीका रुपमा उभ्याउनु आश्चर्यनक नभएको समेत बताएका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: