‘प्रचण्ड–बाबुराम भ्रष्ट र दलाल’

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

एकीकृत नेकपा माओवादीबाट फुटेर गठन भएको नेकपा माओवादीको जिल्ला पार्टी सम्पर्क कार्यालयको आइतबार सो पार्टीका केन्द्रीय महासचिव रामबहादुर थापा बादलले धुलिखेलमा उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै महासचिव थापाले भन्नुभयो –‘यो सरकार दलाल र भ्रष्टहरुको सरकार हो । यसले सहज रुपमा नहटेमा सबै पार्टीहरुले मिलेर राजतन्त्र फ्याँके जसरी फाल्नुपर्छ ।’ प्रचण्ड–बाबुराम माओवादी विचार छोडेर दलाल र प्रभुहरुको सेवामा तल्लीन भएकाले आफूहरुले नयाँ पार्टी गठन गर्नुपरेको विचार बादलले व्यक्त गर्नुभएको थियो ।
पार्टी इन्चार्ज चुडामणि गौतम हेमकको सभापतित्वमा सम्पन्न समारोहमा नेकपा एमाले काभ्रेका अध्यक्ष गोकुल बाँस्कोटा, काभ्रे काँग्रेसका सचिव शंखबुद्ध लामा, राप्रपाका टुल्कु लामा, नेकपा मालेका रणबहादुर बोहोरोले नवगठित पार्टी कार्यालय उद्घाटनमा शुभकामना दिएका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: