प्रचण्ड–बाबुराममा नैतिकता नभएको रोहितको आरोप

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

‘यो सरकार भारत र अमेरिकाको प्रभावमा छ । यसलाई छिटो हटाउन सकिएन भने हाम्रो राष्ट्रियता गुम्ने खतरा छ । यो सबैको निकास राष्ट्रपतिको हातमा छ । हाम्रो वैधानिक संस्था राष्ट्रपतिले छिटो बाधा अड्काउ फुकाउ अन्तर्गत राष्ट्रको शासन आफ्नो हातमा लिनुपर्छ । एमाले काँग्रेसहरु आफू सत्तामा जान राष्ट्रपतिलाई गुहारेका छन् । हामी देश र जनतालाई निकास दिन राष्ट्रपतिले शासन गर्नुपर्छ भन्दै आएका छौं’ – नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हिजो सोमबार बनेपामा ‘वर्तमान राजनीतिक संकट र नेमकिपाको दृष्टिकोण’ विषयक प्रवचन कार्यक्रममा उक्त विचार व्यक्त गर्नुभएको हो ।
नेता रोहितले एकीकृत नेकपा माओवादीको नेतृत्व गर्ने अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईमा पूर्व पञ्चहरुको पार्टी राप्रपा जत्तिको नैतिकता पनि छैन भन्नुहुँदै उहाँले यो सरकार भारतीय इशारामा चल्ने कठपुतली सरकार भएको र यसले राष्ट्रघाती विप्पा सम्झौता मात्र गरेको छैन, नेपालको अति संवेदनशील त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार व्यवस्थापन सुधार र सुरक्षा सबै भारतीय कम्पनीलाई दिने निर्णय राष्ट्रघाती निर्णय गरेर आफ्नो चरित्र प्रस्तुत गरेको बताउनुभयो । उहाँले माओवादीहरु राष्ट्रपतिको विरोध गर्दैछन् । राष्ट्रपतिलाई विरोध गर्नु भनेको राजतन्त्र फर्काएर राजालाई ल्याउनु हो भन्नुभयो । ‘यिनीहरुले राजासँग पनि साँठगाँठ गरेका हुन सक्छन् । त्यसैले मधेशी मोर्चा लगायतसँग गठनबन्धन गरेर मोर्चाको संयोजक भइसकेपछि अब बाबुरामको शासन २०–२५ वर्ष हुन्छ भन्नुको अर्थ हो देशमा लोकतन्त्र होइन अधिनायकवाद ल्याउन प्रचण्डहरु लागिरहेका छन् । उनीहरु हिटलरी शासन चलाउने दिवास्वप्न देख्दैछन् । यो कदापी सम्भव छैन ।’
नेता रोहितले भन्नुभयो –‘प्रचण्ड–बाबुरामहरु अमेरिका र भारतीय दलालमा परिणत भइसकेका छन् । उनीहरुलाई यो राष्ट्रको माया छैन । उनीहरुमा पञ्चहरु, एमाले र काँग्रेसको जत्ति पनि राष्ट्रिय भावना छैन । उनीहरु जनतालाई दाश सम्झन्छन् र पो अलिकति नैतिकता अलिकति जनताको डर उनीहरुमा छैन । उनीहरु देशमा विदेशी विश्वविद्यालयलाई स्वीकृति दिने, दैनिक उपभोग्य सामानको हाहाकार (मल, पेट्रोलियम पदार्थ, ग्याँस) गराउने, विदेशीहरुलाई सांस्कृतिक आक्रमण गराउने, नेपालीहरुको धर्म परिवर्तन गराउने, साह्राका साह्रालाई इसाई (क्रिश्चीयन) बनाउने मार्गमा लागिरहेका छन् । यस्ता भ्रष्ट दलालहरुलाई जनताको शक्तिले पराजित गराउनुपर्छ । राष्ट्रपतिले शासन लिन अब ढिला गर्दा झन् ठूला ठूला दुर्घटनाहरु हुन सक्छन् । छिटो यो मुलुकमा राष्ट्रपति शासन लागू गरी जनतालाई सुख, शान्ति र सम्बृद्ध गराउनुपर्छ । यो नै संवैधानिक बाटो हो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: