प्रचण्डलाइ पुत्रशोक, कोहि कसैलाई पनि सन्तान वियोग नहोस

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

फणिन्द्र शर्मा

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाइ पुत्र शोक परेको छ । उनका एक मात्र छोरा  प्रकाश दाहालको हृदयघातका कारण आइतबार बिहान निधन भएको थियो । बेलुका जाउलो खुवाएर सुताएको छोरो अचेत देखे पछि आमा सीताले आफ्ना नातिनीहरु र सहयोगी लगाएर लाजिम्पाटस्थित निवासबाट बिहानै नर्भिक अस्पताल पुर्याइएको थियो  दाहाललाई शनिवार रातिदेखि नै बिसन्चो भएको थियो । नर्भिक अस्पताल पुर्याइए लगत्तै उनको मृत्यु भएको सनसनी सामाजिक संजालमा भएको थियो  ।

उक्त खबरपछि झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड हेलिकोप्टरबाट काठमाण्डू आएका थिए । जनयुद्द काल देखि नै उनले आफ्ना बुबा प्रचण्डका स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  भूमिगतकालदेखि नै उनले आफ्ना बुबा प्रचण्डलाई सघाउँदै आएका थिए । आफूले बुबा र पार्टीलाई सहयोग गर्ने जिम्मेवारीका कारण पढ्न नपाएको प्रकाशले बताउने गर्थे ।

प्रकाशको आलोचना र बिवाद

बहुबिवाह गरेको, सार्वजनिक ठाउँमा मदिरा सेवन गरेको, बेलाबेलामा हतियार बोकेको, पूर्व युवराज पारसको अल्पायूमै मृत्यू भयो भनेर फेसबुकमा पोष्ट गरेका कारण सर्वाधिक आलोचना र विावदमा प्रकास दाहाल परेका थिए । जनयुद्धकालदेखिनै कम्प्युटरमा रुचि र जानकार भएकोले दिवंगत नेता पोष्टबहादुर बोगटीले बुबा प्रचण्डको सचिवालयको जिम्मा आफूलाई दिएको प्रकाशले बताउने गर्थे ।

सगरमाथा आरोहणका लागि पाँच वर्षअघि तत्कालीन सरकारले उनलाई २ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएपछि त्यसको चर्को आलोचना भएको थियो। त्यसपछि प्रकाशले सरकारी रकम नलिने सामाजिक सञ्जालमार्फत घोषणा पनि गरेका थिए । पछिल्लो कालमा कालिदास जस्तै भद्र बनेका प्रकाशको अचानक निधनको खबरलाई जो कसैले पनि पत्याउन सकेन । विधिको विडम्बना प्रकाश आईतवार अलविदा भए । प्रकाशका दुई श्रीमती सृजना त्रिपाठी र बिना मगर छन् । दुवै श्रीमती तर्फा बाट एक एक  छोरा रहेका छन् । पहिलो बिवाह गरेकी प्रभा बोगटीसंग पारपाचुके (डिभोर्स) भएको थियो । प्रभा माओवादीका  दिबंगत नेता पोष्ट बहादुर बोगटीकी छोरी हुन् ।

श्रद्धाञ्जली र समवेदनाको ओहिरो

अहिले प्रचण्ड निवासमा उनि र उनको परिवार प्रति समवेदना प्रकट गर्नेहरुको ओहिरो लागेको छ । मित्रराष्ट्र चिन, भारत, सयुक्त राष्ट्रसंघ लगायत विभिन्न देशका राष्ट्रप्रमुख देखि ति देशका कुटनीतिक नियोगले प्रकाश प्रति श्रद्धाञ्जली र प्रचण्ड र उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् । आसन्न चुनावका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी प्रकाशकी श्रीमती बिना मगर आइतबार  धनगढीबाट बिहानको उडानमार्फत काठमाण्डौं आएर अस्पताल पुगेकी थिइन् । प्रकाश दाहालको ’निधन’प्रति प्रधानमन्त्री शेरबहादुर देउवा तथा विभिन्न दलका नेताहरुले तत्कालै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए । प्रधानमन्त्री देउवलाले ट्वीटरमा लेखेका छन् । “पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडीमा हार्दिक समवेदना व्यक्त गर्दछु।“

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले लेखेका छन्, “पूर्व प्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु । व्यक्तिगत रुपमा उनी असल मानिस थिए । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु । प्रचण्डजी, सीताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पीडा सहन सक्ने शक्ति भगवानले प्रदान गरुन् । हार्दिक समवेदना ! “ट्वीटरमै पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका नेता बाबुराम भट्टराईले लेखेका थिए, “पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तब्ध र मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।“

त्यसैगरी नेपाली कांग्रेसका नेता गगन थापाले लेखेका थिए, “प्रकाश दाहालको असामयिक निधनले स्तब्ध भएको छु । उनको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना !“ नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले समवेदना व्यक्त गर्दै लेखेका थिए, “नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्ड र परिवारमा पर्न गएको असह्य पीडाप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । दिवंगत प्रकाशप्रति भावपूर्ण श्रद्धाञ्जली!“

प्रचण्ड पुत्र प्रकाशको निधनमा समवेदना दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली र माधव नेपाल सोमवार दाहाल निवास लाजिम्पाट पगेका थिए । उनीहरूले एउटै सोफामा बसेर दाहाललाई समवेदना दिएका थिए । दाहाललाई समवेदना दिन ओली बिहान सवा १० बजेतिर लाजिम्पाट पुगेका थिए ।  केहीबेरमा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लाजिम्पाट पुगेका थिए । केहीबेरमा प्रधानमन्त्री देउवा पनि दाहाल निवास पुगे । तीन नेताहरूले १० मिनेट दाहालसँग सँगै कुरा गरेका थिए । १० मिनेटपछि प्रधानमन्त्री देउवा लाजिम्पाटबाट निस्किए । ओली भने पौने घन्टा जति दाहाल निवासमा बसेका थिए । आईतवार जिल्ला बाहिर रहेका उनीहरू सोमवार दाहाल परिवारलाई समवेदना प्रकट गर्न त्यहाँ पुगेका थिए । समवेदना दिन एमाले  अध्यक्ष ओलीसँगै उनकी पत्नी  राधिका शाक्य पनि लाजिम्पाट पुगेकी थिइन्। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत फोन गरेर समवेदना दिएका थिए । जनयुद्धका कमाण्डर प्रचण्डलाई पुत्र शोक परेको यो बेला सर्वसाधारण भन्दै छन् ‘कोहि कसैलाई पनि यस्तो सन्तान वियोग नहोस ।’

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: