पौष २१ र २२ गते आइटी मिट हुने

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

 

काठमाण्डौ विश्वविद्यालय कम्प्युटर साइन्स तथा इन्जिनीयरिङ डिपार्टमेण्टल क्लवको आयोजनामा २ दिने आइटी मिट हुने भएको छ ।

यही पौष २१ र २२ गते काभ्रेको पनौतीमा रहेको सूचना प्रविधि (आइटी) पार्कमा हुने आइटी मिटमा कम्प्युटरको हार्डवेयर र सफ्टवेयरसम्बिन्धी प्रदर्शनी हुने छ । यस्तै ४० देखि ४२ घण्टासम्म नसुतेरै एउटा प्रोजेक्ट विकास गरिने कोअर्डिनेटर प्रतित्राज गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए । वो प्रोजेक्टलाई ह्याकाथन नाम दिइएको छ ।

कार्यक्रममा योमरी कोड क्याम्प सञ्चालन गरिने र सो क्याम्पमा कम्प्युटरको प्रोग्रामिङ जान्ने जो कोहीले भाग लिन पाउने गिरीले बताए । कार्यक्रममा काभ्रेका प्लस टु कलेज लक्षित आइटी क्यूज सञ्चालन गरिने छ भने विभिन्न कम्पनीका जब सिकर्ससँग करिअर फेअर, नेपालमै दोश्रो पटक आइटी मिटमै आयोजित पेनेट्रेशन टेस्टिङ हुने गिरीले जानकारी दिए ।

 कार्यक्रममा आइडिया पिचिङ पनि राखिएको हुँदा जो कोही टेक्नोलोजी इन्थुजियाष्टिक्सले आफूले तयार पारेको डेभलप्मेष्ट, सस्टेनेवल डिभालम्पमेण्ट गोलमा आवद्ध आइडियाहरु प्रस्तुत गर्न पाउने छन । विजेताले प्रस्तुत गरेको आइडियालाई मुर्त रुप दिन काठमाण्डौ युनिभर्सिटी कम्प्युटर क्लवले सहयोग गर्ने भएकोले आफ्ना आइसिटी सम्वद्ध आइडिया लिएर आउन पनि गिरीले आग्रह गरे ।

कार्यक्रममा आल्फा गो फिल्म विश्वमै पहिलो पटक आइटी मिट २०१८ मा प्रर्दशन गरिदै छ । अल्फा गो चलचित्र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी चलचित्र हो । विश्वप्रसिद्ध खेल गो को मान्छे र ए आइ रोवर्ट बिच हुने प्रतिस्पर्धालाई यस चलचित्रमा रोचक ढंगमा प्रस्तुत गरिएकोले एआई सम्बन्धि सबै विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताहरुलाई फाइदा पुग्ने पनि गिरीले जानकारी दिए । कार्यक्रम विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज बहादुर विष्टले  उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: