पोर्टेज आधारभूत तालिम सम्पन्न

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

बनेपा । पोर्टेज तथा पुनस्र्थापन संस्था नेपाल, पोर्टेज कार्यक्रम नेपालबाट संचालित पोर्टेज छिटो प्रतिरोधात्मक आधारभूत तालिम पोर्टेजका अध्यक्ष सुमन कोख श्रेष्ठको सभापतित्व र नेपाल बाल संगठनका उप निर्देशक बाल कृष्ण डंगोलको प्रमुख आतिथ्यमा असार ३० गते सम्पन्न भयो । असार २३ गतेबाट संंचालित तालिममा पोर्टेज कार्यक्रम नेपालका निर्देशक एवं प्रमुख प्रशिक्षक मणिराज श्रेष्ठले पोर्टेज कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा अटिजम केयर नेपालका रामकाजी प्रजापति, सहभागिहरुको तर्फबाट प्रमिला हुमागाई र रुकुमका गणेशबहादुर केसीले बोल्नुभएको थियो । रुकुम, चितवन, ललितपुर, सुनसरी, बाग्लुङ्ग र काभ्रेका गरी १५ जनाको सहभागिता रहेको मणिराज श्रेष्ठ, सरु वैद्य, रोशन श्रेष्ठ, शिवराम घिमिरे, बिष्णुकुमारी तामाङ, राज्येश्वरी कायस्थ लगायतले प्रशिक्षण गर्नु भएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: