पूर्व राजाको सक्रियताले सबै नेता गम्भीर

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

– फणिन्द्र शर्मा
पूर्व राजा ज्ञानेन्द्र शाह असार २३ गतेदेखि ६६ वर्ष लागेका छन् । ६५ वर्षको अन्तिम पाँच दिन पूर्व राजाले लुम्बिनी अञ्चलका रुपन्देही, नवलपरासी, कपिलवस्तुमा रहेका विभिन्न शक्तिपीठमा गएर पूजा अर्चना गरे । दायाँबायाँ जयजयकार गर्नेको हुल देखिन्थ्यो । पाँचौं दिनको अन्तिम दिन उनले पत्रकार र आफू निकटहरुलाई भैरहवामा ककटेल पार्टी नै दिए ।
आइतबार प्रसारित न्यून २४ टेलिभिजनमा उनले भने –‘यतिबेला जनता राजतन्त्रको पक्षमा छन् । समय आएपछि सबै कुरा म खोल्नेछु ।’ दोस्रो जनआन्दोलनका बेला तत्कालीन सात दलले राजतन्त्र कायम राख्ने गरी कागज गरेको कुरा खोल्दै उनले आफू बाँचुञ्जेल राजनीतिक दल नखोल्ने पनि बताए ।
अहिले मुलुकमा मूल नीति नभएको, देशको सबै क्षेत्रमा राजनीतिकरण भएको, त्यसैका कारण जनता निराश भएको, विदेशी हस्तक्षेप बढिरहेको, राजनीतिक स्थिति अहिले पनि नसुध्रिएको, देश सुहाउँदो शासन व्यवस्था ल्याउनु पर्ने कुरामा उनको जोड थियो । आफू सक्रिय राजतन्त्र होइन, मुलुकको अभिभावकीय भूमिका निभाउन तयार भएको कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रले जनताको इच्छा, भावनाको कदर गर्दै आफूले नारायणहिटी दरबार छोडेको खुलासा गरे । ज्ञानेन्द्रको यो अन्तर्वार्ता प्रसारण भएपछि राजनीतिक दलका नेताहरुको कन्सिरी तातेको छ । सबैभन्दा कडा विरोध गर्नेमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वराजाले बढी बकबक गरे अहिले दिएको सुविधा पनि खोस्ने भनेर कडा प्रतिक्रिया दिएका छन् ।
पूर्व राजा ज्ञानेन्द्रको अन्तर्वार्ता सालिन, कुटनीतिक र जनतालाई आकर्षण गर्ने खालको भएको धेरैले बताएका छन् । संविधानसभाको विघटनपछि पूर्व राजालाई झन् हौसला मिलेको छ । राजतन्त्र फर्कने अवस्थामा त छैन । तर नेताहरुको यस्तै चालामाला हुने हो भने फेरि राजाका दिन आउने अवस्था नआउला भन्न सकिन्न ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: