पुस्तक समिक्षा – मनको चिरफार

प्रकाशित मिती : मङ्लबार, भदौ ६, २०७४ by   ·   Comments

बिगार्छ नदीले नथुने बाँध

नत्र त जताततै बिग्रन्छ साँध

माटोको माया छ छातीभित्र मातृभूमि जोगाउन थाप्नुछ काँध (४३)

                विशेषतः तराई भू–भाग बाढीग्रस्त भईरहेको बेला तथा सुन्तली धुर्मुस जस्तै उदार मन भएकाले दिलोज्यान लगाएर सहयोगी हात पु¥याइरहेको बेला काभ्रेली मुक्तककार रामसुन्दर देउजाको माथिको मुक्तक कति मार्मिक छ, कति समय सान्दर्भिक छ । त्यसो भएर पनि भन्न कर लाग्छ, नेपाली माटो सुहाउँदो साहित्य रच्न सिपालु छन् – रामसुन्दर देउजा ।

                मन कहाँ हुन्छ ? चिकित्सक भएर पनि अपरेशन गरेर हिँडेपनि ठ्याक्कै यहाँ हुन्छ भन्न सकिने अवस्था छैन । तर पनि भावनात्मक रुपमा मनलाई मुटुसँग नजिक राखेर हेरिन्छ । जे होस् यी दुई बीच कति तादात्म्यता छ ? विचारनीय छ । मुटुलाई माया, प्रेमसँग सम्बन्धित मानेर पनि यसो भएको होला । यस अघि भाँचिएको मन (२०६३) कविता संग्रह प्रकाशनमा ल्याएको एक दशकपछि काभ्रेली साहित्यिक पहिचान रामसुन्दर देउजाले हालै मन शिर्षकको मुक्तक संग्रह प्रकाशनमा ल्याउनु भएको छ । कलम चलाइरेका, शिक्षा शिक्षणमा लागिरहेका रामसुन्दर देउजालाई कृतिका रुपमा यो प्रकाशन गर्न किन दश वर्ष लाग्यो, अचम्म लाग्यो । कृतिगत रुपमा यो दोश्रो भएपनि सम्पादन थुप्रै पत्रपत्रिका, स्मारिका अनि पुस्तक मलाई जानकारी छ । जनमत प्रकाशन, नेपालद्वारा प्रकाशित काभ्रेली माटोमा उम्दाको मुक्तककारको यस संग्रहमा जम्माजम्मी १०८ वटा मुक्तकहरु समेटिएका छन् । अध्यात्मिक पृष्ठभूमिका रामसुन्दर देउजाले १०८ वटा मुक्तक नै समेटिनुमा कुनै अर्थ होला । टंक आलेले पुस्तकको राम्रो आवरण बनाइदिनु भएको छ । कृतिको शिर्षक जस्तै मन (१२,७९) अनि माया प्रेम (७०,७१,७४,७८,९८) का मुक्तक त छन् नै त्यस बाहेक राजनीतिक विकृति (६०,६७), सामाजिक विकृति (१७,१९,३७,४७) मानवियता ह्रास (४२) विछोड (९२,९५,९९,१००), विदेशिएका दाजुभाईलाई सन्देश (१, ७, १३, १६, ८३), नैतिक शिक्षा (१५,१८,२०,४४, ६१), स्वाभिमान (५), साहित्यकै आचारसंहिता (६) तथा राष्ट्रियता अनि देशप्रेम (१४) आदि सबैजसो विषय समेटिएका छन् यो संग्रहमा । यी कोष्ठ भित्र राखिएका अंक अर्थात् त्यति पेजमा छापिएका मुक्तकहरु त केवल उदाहरणहरु मात्र हुन् । यस संग्रहमा समेटिएका मुक्तक एक से एक छन् । शब्द खेलाउन माहिर रामसुन्दर देउजाले एकै बसाई पढि सिध्याइने मुक्तक संग्रहको ठूलो उपलब्धि भन्नु नै यो संग्रह केही पढें भन्ने अनुभूति मिल्छ ।

शिर्षक ः मन

विषय ः मुक्तक संग्रह

मूल्य ः रु. १५० प्रकाशक ः जनमत प्रकाशन, नेपाल

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: