पुनर्ताजगी तालिम सम्पन्न

प्रकाशित मिती : सोमवार, असार २५, २०६९ by   ·   Comments

बनेपा । युनिसेफ नेपालको सहयोग तथा जिविस काभ्रे, जिल्ला शिक्षा कार्यालय काभ्रेको समन्वयमा सामुदायिक उत्थान मञ्च (सिफ) नेपालको आयोजनामा बनेपा, पनौती र धुलिखेल नपामा सञ्चालित १२ वटा शहरी बाल केन्द्रित शिक्षा कक्षाका सहजकर्ताहरुका लागि ६ दिने पुनर्ताजगी तालिमसम्पन्न भएको छ । सिफ नेपालका अध्यक्ष समुन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष गंगा श्रेष्ठ, कार्यक्रम संयोजक बलराम अधिकारी, सहभागी शोभा मुखिया, प्रशिक्षक छबि चौलागाईले मन्तव्य राख्नुभएको थियो । सिफ नेपालले बनेपा पनौती र धुलिखेल क्षेत्रका सडक बालबालिका, श्रमिक बालबालिका, र बालमजदुरको लागि बिगत २०६० सालदेखि अनौपचारिक शिक्षा प्रदान गर्दै आईरहेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: